पोखरा, १३ जेठ ।कास्कीका संचारकर्मीहरुले पत्रकार तथा सहित्यकार कृष्ण सेन ‘इच्छुक’लाई सम्झना गरेका छन् । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका पत्रकार, साहित्यकार ‘इच्छुक’को १६ औँ स्मृतिमा पत्रकारले पत्रकारितामा अझै सुरक्षा चुनौतीहरु विद्यमान रहेको बताए । सेनका हत्याराहरुलाई कानूनी कारवाही गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाई सहभागिले औँल्याए ।
नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिस्ट आदर्श र परिवर्तनका लागि बलिदान गर्नेहरुलाई कदर गरिने बताए । हालै बनेको नेकपाले परिवर्तन र समाजवादको नेतृत्व गर्ने उनको भनाइ छ । नेता गुरुङले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । सहिदका आदर्श विचलित हुन दिन्नौं ।’
लेखक सुरेश रानाभाटले र्ँइच्छुक’को जीवन र उनले अंगीकार गरेको दर्शनमा एकरुपता भएको उल्लेख गरे । र्ँइच्छुक’को विषयमा विश्वविद्यालयमा शोधपत्र लेखेका रानाभाटले ‘इच्छुक’ खरो, स्पष्ट र प्रतिवद्ध स्वभाव स्वाभिमानी पत्रकार/लेखकका लागि अनुकरणीय रहेको उल्लेख गरे । उनले भने, र्ँइच्छुक’ हाम्रा लागि अनुकरणीय छन् ।’ क्रान्तिको अगुवाइ गर्नेहरु नै सक्तामा रहेकाले उनको हत्यामा संलग्नलाई दण्डित गर्न सरकारलाई रानाभाटले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र सचिव रामप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । साहित्यकार फडिन्द्र अधिकारी ‘अधिकञ्चन’ले र्ँइच्छुक’का सपना साकार गर्न नेतृत्वलाई कवितामार्फत् खबरदारी गरे । स्मृति दिवस संयोजन समितिका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार कृष्ण दवाडीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१