आरोहणमा विश्व कीर्तिमान

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५

सोलुखुम्बु, २ जेठ । आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको पर्यटन विभागका सर्म्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा जन्मेका ४८ वषीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । यस्तै, सगरमाथा आरोहणको चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको सर्म्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सर्म्पर्क अधिकृत श्रेष्ठको भनाइ छ । गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width