जनप्रिय टोलमा उद्घोषण तालिम

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५
nabin photo

पोर्चेरा, १ जेठ। पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा १० स्थित जनप्रिय आमा समूहको आयोजनामा पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मङ्गलबारदेखि शुरु भएको छ।

शनिवारसम्म चल्ने तालिममा ६० जना महिला सहभागी छन्। महिलामा बोल्ने कलाको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन गर्दै वडाध्यक्ष राजकुमार गुरुङले महिला सशक्तिकरणलाई प्राथमिकता दिने बताए।

वडा सदस्य नीशा मल्ल ठकुरीले समाज रुपान्तरणका लागि महिलाहरुले सक्रिय सहभागिता जनाइरहेको उल्लेर्चे गरिन्।

कार्यक्रममा वडा सदस्य दीपक थापा, जनप्रिय समाजका अध्यक्ष डम्बरबहादुर गुरुङ, निवर्तमान अध्यक्ष पञ्चमान गुरुङ, रामघाट आमा समूहकी अध्यक्ष अनिता तिमिल्सिना, लर्चेन टोल विकास संस्थाका अध्यक्ष तीर्थबहादुर गुरुङले बोलेका थिए।

जनप्रिय आमा समूहकी अध्यक्ष नरदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा गुरुङले स्वागत र सहसचिव किरण गुरुङले सञ्चालन गरेकी थिइन्।

तालिममा निर्मला कार्की भण्डारीले सहजिकरण गरेकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width