काठमाडौं, ३० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुर्इ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुर्इ देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सर्न्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर र्फकने क्रममा आफूले टेलिफोनमा कुराकानी गर्ने क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको र दुर्इ देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गरेको जानकारी दिए।
“भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौ अब, द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ”, उनले भने। भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उनले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सद्भावको सराहना पनि गरे।
प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा कुनै असर नपुर्याई आफ्नो मामिलामा आफैँ निर्णय गर्न कुनै अवरोध नपर्ने गरी दुवै पक्ष सहमत हुनु सकारात्मक उपलब्धि हो भने। कृषि क्षेत्रको विकास र सहकार्यमा आवश्यकताका आधारमा गरिनुपर्ने कामलाई दुवै देशले प्राथमिकता दिई कुन क्षेत्रमा के कस्ता विषयलाई समेट्न सकिन्छ भनेर विज्ञ समूह गठन गरी कार्यसूची बनाएर चाँडै कृषिमन्त्रीस्तरीय वार्ता गरिने उनले उल्लेख गरे।
मुलुकको समृद्धिसँग जोडिएको काठमाडौँ-रक्सौल रेलमार्ग आगामी ५ वर्षभित्र भारतीय लगानीमा बन्ने बताउँदै प्रधानमन्त्री ओलीले काठमाडौँ-रक्सौल रेलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै अध्ययन शुरु गरिने उल्लेख गरे।
दुर्इ देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरवलोकन गरी भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँचीलगायत वस्तुको निर्यात बढाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो। उनले नेपाल प्रवेश गर्ने हवाई मार्ग बढाउन, तराईमा डुबान समस्या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेकाले संयुक्त कार्यदल बनाई काम अघि बढाइने बताए।ऊर्जा व्यापारमा रहेको असमझदारी हर्टाई द्विपक्षीय व्यापार प्रवर्द्धनमा समान नीति बनाउने सहमति भएको छ भन्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए।
नेपालले थप बन्दरगाहको प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले सडक सञ्जालको विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीले भ्रमणका क्रममा व्यक्त गरेका आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने अभिव्यक्ति सराहनीय रहेको बताउँदै दुर्इ देशबीचको सम्बन्ध नयाँ उचाइका साथ समान हैसियतमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रधानमन्त्री ओलीले हालै देशका विभिन्न स्थानमा असिनापानीबाट भएको बालीनालीको क्षत्रि्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि निर्देशन दिइसकिएको बताए। रासस
छिट्टै चीन जाने
‘हाम्रा दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जानेछु,’ ओलीले भने ।नेपाली जनताले गल्ती, कम्ाजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक ढंगले लिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उल्लेख गरे। राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उनले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गरे।
‘केही विषयमा हामीले सहमति गरेका छौ, विगतमा भएका केही सम्झौतालाई हामीले कार्यान्वयन गर्नुपर्नेछ, त्यसलाई कार्यान्वयन गर्न समयसीमा तोकेका छौँ। नेपालको संविधान दिवसलाई आधार बनाई सहमतिलाई कार्यान्वयन गर्ने भन्ने सहमति भएको छ,’ प्रधानमन्त्री ओलीले भने। काठमाडौँ-रक्सौल रेलका लागि भारतकै खर्चमा निर्माणका लागि सर्वेक्षण र जलमार्ग सञ्चालन गर्ने विषयमा कार्यदल बनाएर अघि बढ्ने सहमति भारतसँग भएको जानकारी प्रधानमन्त्री ओलीले दिए।असन्तुलन पनि भन्न नसुहाउने भयावह व्यापार घाटा न्यूनीकरण गर्न तीन महिनाभित्र व्यापार सन्धिको पुनरवलोकन गर्ने, चिया अदुवा, जुट र अलैँची निकासीमा देखिएका समस्या समाधान गर्ने, थप चार स्थानबाट हवाई मार्ग प्राप्त गर्ने, सीमा क्षेत्रका बाँधका नाममा बनाइएको सडकका कारण हुँदै आएको डुबान रोक्न संयुक्त कार्यदल बनाएर काम गर्ने विषय पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको उनले बताए।
Related News
सम्बन्धित समाचार
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१