एन्फा अध्यक्षमा शेर्पा

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
Karma-Tsering-Sherpa

काठमाडौँ, २२ वैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्।

एन्फाको १६ औँ साधारण सभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए। उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए। सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए।

Related News

सम्बन्धित समाचार

hero news full width