सहिद स्मृति विद्यालयको वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५
Sahid Smriti School

पोखरा , १६ वैशाख ।पोखरा लेखनाथ महानगरपालिका-१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयको आठौ बाषिर्कोत्सव सम्पन्न भएको छ ।

विद्यालयको आइतबार एक कार्यक्रमबीच आठौं बाषिर्कोत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवं प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशनं ४ कै नमूना विद्यालय सहिद स्मृति आवासीय विद्यालय भएको बताए । उनले रिजल्ट शत प्रतिशत निकाल्नु र विद्यालयमै गाई, बंगुर, तरकारी खेती गर्नु एक नमूना विद्यालय कहलाएको बताए ।

सहिदका परिवार राम्रो शिक्षा आर्जन गर्नबाट बञ्चित हुन नपरोस भनेर २०६६ सालमा स्थापना भएको विद्यालयले सहिद परिवारलाई ठूलो राहत मिलेको मन्त्री चुमानले बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रतिनिसभाका सदस्य हरि अधिकारी ‘कुमार’ले विद्यार्थीले गरेको प्रगतिबाट आफूहरु खुशी भएको बताए । पर्ढाईसँगै खेलकुदको क्षेत्रमा पनि यस विद्यालयका विद्यार्थी अब्बल रहेको अधिकारीको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक मोना गिरीले विद्यालयको बाषिर्क प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा शिक्षक गीता घिमिरेले स्वागत गरेकी थिइन् । विद्यार्थीहरुले नृत्यसँगै विभिन्न खेलकुदकला समेत प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width