लोकदोहोरी गायक प्रजापति सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
Samman Photo

पोखरा, ६ वैशाख। लोकदोहोरी गायक प्रजापति पराजुलीलाई गन्तव्य धम्पुस महोत्सवमा सम्मान गरिएको छ ।

लोकदोहोरी संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेको थियो ।

प्रदेश सदस्य इन्द्रधारा बिष्ट, लालीगुराँस युवा क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई बिहीबार महोत्सव स्थलमा सम्मान गरेका हुन् ।

यता, महोत्सवमा बिहीबार पुरुष भलिबलतर्फ ४ खेल सम्पन्न भए । पहिलो खेलमा माछापुच्छ्रे ६ लाई अन्नपूर्ण ९ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

दोश्रो खेलमा बाग्लुङ गलकोटले वाकओभर पायो भने तेस्रोमा पनि माछापुच्छ्रे ९ ले वाकओभार पाउँदै अघिल्लो चरण प्रवेश गर्‍यो ।

चौथो खेलमा पञ्चासे आदर्श क्लबलाई हराउँदै ताराखोला गाउँपालिका बाग्लुङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो भने अन्तिम खेल माछापुच्छ्रे १ र २ बीचको खेल खराब मौसमका कारण रद्ध हुन पुग्यो।

लोकदोहोरीतर्फ नीरमाया दोहोरी साँंझले दौतरी दोहोरी साँंझलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

त्यस्तै शिखर दोहोरी साँंझले विन्दवासिनीलाई पराजित गर्‍यो भने अन्तिममा स्याङ्जा दोहोरीगीत प्रतिष्ठानले नेत्रनारायण पराजुलीको समूहलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो।

लोकदोहोरीतर्फ शर्मिला गुरुङ, पार्वती जिसी, शिवहरि ढुंगाना, जीवन दाहाल, तारापति सुवेदी, शंकर विरही गुरुङ, श्रीराम अधिकारी, रमा राना, सुरेन्द्र गुरुङ र दीपक थापाको विशेष प्रस्तुति रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width