उपाध्यायको स्मृति चिरस्थायी बनाउन नेता पौडेलको आग्रह

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५
ram chandraa

पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय सूर्यनाथ उपाध्याय बरालले सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई निरन्तरता दिँदै स्मृतिलाई चिरस्थायी बनाउन परिवारजनलाई आग्रह गरेका छन्।

पितृशोकमा रहेका प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको पोखरा लेखनाथ महानगरपालिका वडा १३, पाटनवेशीस्थित निवास पुगी शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नेता पौडेलले उक्त आग्रह गरेका हुन्।

त्यस अवसरमा मन्त्री पौडेलले अब प्रशिक्षण कार्यक्रम सञ्चालन गरी नेपाली काँग्रेसलाई जुझारु रुपले अगाडि बढाउने पनि बताए।

नेता पौडेलसँगै पूर्व सांसदद्वय शुक्रराज शर्मा, शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायत बराल निवास पुगी समवेदना व्यक्त गरेका थिए।

समाजसेवी सूर्यनाथ उपाध्याय बरालको ९० वर्षको उमेरमा आइतबार स्वर्गारोहण भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै