पोखरा, २४ चैत । जनसेवा बचत तथा ऋण सहकारी पोखरा-पुरुञ्चौरले शनिबार आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निःशुल्क रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन्।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि -युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूमपानले मुटुरोगका समस्या निम्त्याउने बताए।
उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूमपान गर्ने गरेको पाएँ। यसले रगतमा हुने खराब बोसो बढाउँछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ।’ डा काफ्लेले खानपीन र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बाँच्न सकिने उल्लेख गरे।युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सुलभ तवरले नागरिकले आफ्नै टोलमा सेवा पाउन भनी स्वास्थ्य शिविर आयोजना गरिएको बताए। रोगको मुहान भनिने मधुमेहबाट बाच्न सचेतना र रोग लागिसकेको भए सही निदानमा सघाउने विभिन्न संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गर्ने गरेको प्रष्ट पारे। कार्यक्रममा पोखरा १९ का वडा सदस्य कमल बास्तोला, लेखा समिति संयोजक पुष्पराज पौडेल र पूर्व अध्यक्ष तेजबहादुर अधिकारीले बोलेका थिए।
सहकारीका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रकुमारी पौडेल र सञ्चालन सचिव गोविन्द पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१