स्मरणशक्ति अभिवृद्वि तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७४
memory training arghakhanchi

पोखरा, २२ चैत । अर्घखाँची पोखरा सर्म्पर्क समाजले पोखरामा आयोजना गरेको पाँचदिने स्मरणशक्ति अभिवृद्वि तालिम बिहीबार सकिएको छ ।

तालिममा तनहुँ, स्याङ्जा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायत जिल्लाका विभिन्न क्षेत्रका २ सय ४० जना सहभागी थिए ।

तालिममा संसारकै तेज स्मरणशक्ति भएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा उनलेर्र् इच्छाशक्ति सबैभन्दा ठूलो शक्ति भएको भन्दै असम्भव केही नभएको बताए ।कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, कार्यक्रम संयोजक राजकुमार सुनार, सहभागिको तर्फबाट सरोज यादवले बोलेका थिए ।

समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width