पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४

पोखरा, १८ चैत।पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा फेसबुक बन्द गरिएको छ। मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निदेशनमा फेसबुक बन्द गरिएको हो।

बिहान  सवा १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए।

उनका अनुसार आइतबारबाट नै उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ।  व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए। इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै