पोखरा, १८ चैत । अर्घखाँची पोखरा सम्पर्क समाजको आयोजनामा पोखरामा आइतबारदेखि पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम शुरु भएको छ ।
तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुर्इ सय २० जना सहभागि छन् ।
तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गर्ने छन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनलाई समाजको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पाण्डेले सम्मान प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले बुद्व र सगरमाथाले नेपाललाई चिनाए जस्तै तेज दिमाग हुनेहरुको देशका रुपमा पनि नेपाललाई चिनाउन लागिपरेको उल्लेख गरे ।
उनले नेपालका ६४ जिल्लामा आफुले स्मरण शक्ति बढाउन यस्तै तालिम गरिसकेको जानकारी दिए। अन्तर समाज महासंघका अध्यक्ष दिपेन्द्र राईले अर्घखाँची पोखरा सम्पर्क समाजले रचनात्मक काम गरेको उल्लेख गरे।
अर्घखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसीले संचालन गरेका थिए। कार्यक्रम समाजका सदस्य राज सुनार र किसन सुनारले संयोजन गरेका हुन्।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१