पोखरा, ३० फागुन । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई मुक्तिनाथ विकास बैंकले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। सोसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट धुर्मुस तथा सुन्तली दस्तखत गरे ।
कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिति थियो।
कार्यक्रममा बैंकले धुमुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए । उनले धुर्मुस र सुन्तलीको कलाकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानबाट प्रभावित भई बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेेकोले उनीहरुलाई चयन गरेको बताए। यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताए ।
धुर्मुस र सुन्तलीले बैंकसँगको सहकार्यमा निकै नै गर्व महसुुस भएको बताए । बैंकले पोखरा सरसफाइ तथा बाग्मती सरसफाइ महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निर्वाह गर्ने अठोट रहेको आफूहरुले पाएको बताए ।
कार्यक्रममा बैंकका संचालक समिति सदस्य नारायणकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
बैंकले यो सहकार्यबाट आगामी दिनमा आफ्नो व्यवसाय प्रवर्द्धनात्मक क्रियाकलाप, सामग्री तथा बैंकको कार्यक्रममा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरु“ले जनाए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१