पोखरा, २१ फागुन। नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस तथा शहिद सप्ताह २०७४ को अन्तिम दिन सोमवार शहिद स्मृति आवासिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मझेरीपाटनमा रहेको विद्यालयमा अध्ययनरत २ सय ६० जना विद्यार्थीहरुलाई १ लाख २५ हजार रुपैयाँ बरावरको खेलकुद सामाग्री, गम्छा तथा फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक वखानसिंह गुरुङ ‘आभाष’ले जानकारी दिए। सो अवसरमा माओवादी नेताहरुले शहिदका छोराछोरीहरुसंग भेटघाटसमेत गरे।
कार्यक्रममा वोल्दै पार्टीपोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले झापा आन्दोलनदेखि महान् जनयुद्धसम्मका हजारौं शहिदहरुले वगाएको रगत पसिना र वलिदानको कारणले देशमा अहिलेको परिर्वतन सम्भव भएको धारणा राखे। माओवादीले शहिद परिवारलाई विर्सेको भनेर आरोप लगाईएपनि त्यो पूर्णत गलत रहेको भन्दै नेता करणले आफूहरु भाग्यवश वाँचेकोले नाफाको वाँकी जिन्दगीलाई शहिदकै सपनाहरुलाई पूरा गर्नतर्फ लागि पर्ने प्रतिवद्धता समेत जनाए।
कार्यक्रममा प्रदेस सांसदहरु रामजीप्रसाद वराल, दीपक कोइराला, पार्टीजिल्ला सह-संयोजक गंंगा पोखरेल, महानगर अध्यक्ष विश्वप्रकाश लामिछाने तथा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१