सत्संग परिवारद्वारा २ लाख राहत

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४

पोखरा, १५ फागुन। सामाजिक रूपमा क्रियाशील संस्था सच्चाईको सत्संग, पोखरा-१९ को परिवारले धादिङ गंगाजमुना गाउँपालिका वडा ५ का अग्नीपीडित बुद्धिबहादुर भुजेल र चन्द्रबहादुर र्घर्तीको परिवारलाई राहतस्वरूप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।  गत फागुन १ गते उनीहरूको घरमा आगलागी भई नगदसहित अन्नपात र लत्ताकपडा समेत नस्ट भएको थियो। मंगलबार एक कार्यक्रमबीच पीडितलाई रकम हस्तान्तरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामाजिक कार्यअन्तर्गत र पवित्र उद्देश्यका साथ अग्नीपीडितलाई सहयोग गरेकोमा सच्चाईको सत्संग परिवारलाई बधाई ज्ञापन गरे ।

सच्चाईको सत्संग कास्की नेपाल पोखरा लामाचौर-१९ की अध्यक्ष ज्ञानु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतम, कार्यक्रम संयोजक दिनेश शर्मा लगायतले सत्संग परिवारको कार्यको प्रशंसा गरेका थिए।

मानिस सामाजिक प्राणी भएकाले र सामाजिक रूपमा उत्तरदायित्व बहन गर्न सत्संग परिवारले सामाजिक कार्य गरिरहने संस्थाका प्रोपाईटर सञ्जय लामा बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width