पोखरा, १३ फागुन । स्थापनाको रजत वर्ष प्रवेश गरेको अवसरमा कैलाश विकास बैंकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्वजनिक गरेको छ।
आइतबारदेखि लागू हुने गरी सिल्भर जुब्ली बचत खातामा ८ दशमलव ५ वाषिर्क ब्याज र तीनमहिने मुद्दती खातामा १२ प्रतिशत वाषिर्क ब्याजको निक्षेप योजना ल्याएको हो।
आफ्ना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।
राष्ट्रियस्तरका विकास बैंकमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्तापुँजी २ अर्व ५२ करोड रहेको छ। पुस मसान्तमा १९ अर्ब ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको बैकले विकास बैंकमाझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ।
बैंकले अत्यधुनिक प्रविधि उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग इन्टरनेट बैंकिङ्ग सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
काठमाडौं पुतलीसडकमा प्रधानकार्यालय रहेको यस बैंकले ४३ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दैआएकोमा फागुन मसान्तसम्म विराटनगरमा तथा चालु आवमै वीरगञ्ज र दमकमा थप दुर्इ शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
ग्राहकलाई निक्षेपमा सर्वाधिक व्याज प्रदान गर्ने साथै वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा आफ्ना शाखा सञ्जाल विस्तार गरी आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधैँ अग्रणी विकास बैंक रहिरहने रणनीति रहेको बैंकका अध्यक्ष नारायण पौडेलले बताए ।
बैकले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सन् २००९ मा पहिलो पटक र त्यसपछि २०१४ देखि २०१७ सम्म लगातार ३ वर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो।
नेपाल राष्ट्र बैंकको रजतजयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मान समेत प्राप्त गरेको छ। बैकलाई हालै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले होस्ट गरेको दक्षिण एसियाको छाता संगठन दक्षिण एसियाली लेखा संगठन (साफा) इभेन्ट अवार्डमा वित्तीय क्षेत्र तर्फको दक्षिण एसियाली क्षेत्रको सर्वाधिक उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा सम्मानित भएको थियो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१