प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

काठमाडौं, १२ फागुन । प्रदेश ६ को प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नाम तोकेको छ । बैठकले प्रदेशको नाम कर्णाली राखेको छ भने स्थायी राजधानी सुर्खेत तोकेको छ ।

प्रदेशको नाम र राजधानी दुर्इ तिहाई बहुमतले पारित गरेको एमाले कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजङ्ग शाहले बताए ।

सरकारले प्रदेश ६ को अस्थायी राजधानी पनि सुर्खेत तोकेको थियो । सात प्रदेशमध्ये सबैभन्दा ‘कान्छो’ यो प्रदेश राजधानी र नाममा निर्णय गर्ने पहिलो प्रदेश बनेको छ ।

संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको वीरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।

प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुर्इ तिहाई बढी बहुमतले पास गरेको छ ।

४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । १ सांसदले रानीनामा दिएका छन् भने १ सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।

बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुर्इ तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा १ मतमात्र खसेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै