प्राविधिक शिक्षा परिषद्को स्थापना दिवस

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

पोखरा, १२ फागुन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३० औं स्थापना दिवस पोखरामा पनि मनाइएको छ। दिवस अवसरमा परिषद् र यसका आंगीक संस्थामा विविध कार्यक्रम गरियो।

पोखरा प्राविधिक शिक्षालयले सरसफाइ र रक्तदान कार्यक्रम गर्‍यो। कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए।

पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारी आफैले रक्तदान गरी कार्यक्रम उद्घाटन गरेका थिए।

२०५३ सालमा पोखरा फूलबारीमा आंगीक शिक्षालयका रुपमा स्थापना भएको पोखरा प्राविधिक शिक्षालयबाट ८ हजार बढीले सेवा लिएका छन्।

शिक्षालयले लामो तथा छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गर्ने गर्दछ।

आगामी दिनमा महिला, दलित, तथा पिछडिएका वर्गका युवालाई विशेष प्राथमिकतामा राखी अझ गुणस्तरीय कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्वता शिक्षालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width