हेमजा, ८ फागुन।कास्कीको अन्नपूर्ण गाउँपालिका-३,पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आगामि वर्ष हिरक महोत्सव मनाउने भएको छ। विद्यालयले त्यस विषयमा छलफल गर्न शनिवार सरोकारवालाहरुको भेला गरेको थियो। उक्त भेलाले आगामी वर्षभरि नै विभिन्न कार्यक्रम गरी महोत्सव मनाउने निर्ण गरेको छ। भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा महोत्सव मूल आयोजक समिति पनि गठन गरेको छ।
सोही भेलाले पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलको अध्यक्षतामा पुर्व विद्यार्थी मञ्चसमेत गठन गरेको छ। जसको उपाध्यक्षमा महेश्वर पौडेल, सचिवमा रामचन्द्र पौडेल, कोषाध्यक्षमा विश्वबन्धु पौडेल, सहसचिवमा गायत्री सुवेदी पौडेल छन्। त्यसैगरी, उक्त भेलाले मञ्चको सदस्यहरुमा घनश्याम पौडेल, हरिकुमार श्रेष्ठ, मुक्तिराम पौडेल, मोतिलाल पौडेल, हरिप्रसाद शर्मा, टंकप्रसाद पौडेल, कृष्णबहादुर केसी, श्रीभद्र पौडेल, लक्ष्मी गुरुङ, विष्णु नेपाली, विष्णु परियार, देव गिरी, लोकनाथ पौडेल, चतुरमान विक, छविराज पौडेल र बैकुण्ठ सुवेदी छनोट गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश तथा कार्यक्रमको संचालन शिक्षक सन्देश पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१