प्रदेश ४ मा कास्कीबाट मन्त्री नपरेपछि माओवादीभित्र चरम अन्तरविरोध देखिएको छ। मन्त्रीमा नियुक्त भएका बाहेक नवै सांसदले हालका मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। शुक्रबार साँझ विरोधकै बीच तनहूँका सांसद तथा संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो। तर असन्तुष्ट सांसदहरुले चाहीँ तत्कालै निर्णय सच्याउन पार्टीभत्रै माग गरिरहेका छन्। कास्कीबाट निर्वाचित माओवादी सांसद दीपक कोइरालाले खल्तीबाट मन्त्री दिनु जिम्मेवार नेताको गल्ती भएको बताए। शुक्रबार माओवादी प्रदेश ४ का संयोजक हरि अधिकारी र इन्चार्ज देव गुरुङको उपस्तितिमा मन्त्री चयन गरिएको हो। मन्त्रीको नाम प्रस्ताव हुनेवित्तिकै अरु सांसदले विरोध जनाएका थिए। विरोध स्वरुप माओवादीका ६ सांसद मन्त्रीको शपथ ग्रहण कार्यक्रममा समेत उपस्तित भएनन्। कोइराला सहित रामजी बराल, गायत्री गुरुङ, विनोद केसी, दीपक चर्तिमगर र चन्द्रबहादुर बुढा शपथ कार्यक्रममा उपस्तित थिएनन्।
उनीहरुले संसदीय दलको बैठकमा छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउनुपर्ने माग राखेका छन्। ‘बैठक बसेपछि गम्भीर छलफल हुनुपर्छ। को मन्त्री भयो हामीलाई जानकारी पनि छैन’-कोइराला भन्छन्-‘हामीसँग सल्लाह नै नगरी मन्त्री पठाइएको हो। यो निर्णय मान्य छैन।’ अविश्वासको प्रस्ताव लैजानेबारे सांसदबीचमै छलफल भैरहेको उनले बताए। असन्तुष्ट पक्षले दुवै मन्त्री नेताका पहुँचा पठाइएको आरोप लगाएका छन्। ‘गोरखामा गठबन्धनले जितेको २ सीट हो। दुवै सीटले मन्त्री पाउनु कत्तिको जायज छ -’-एक नेताले भने-‘भेग र व्यवहार हेरेर निर्णय गर्नुपर्छ। ५ सीट जितेको कास्कीलाई मन्त्री खै -’ माओवादीबाट कास्कीले कम्तीमा १ मन्त्री पाउनुपर्ने ती नेताको दावी छ। यसअघि संसदीय दलको नेता र उपनेतालाई मन्त्रीमा सिफारिस गर्ने लगभग सहमति भएको थियो। त्यसो भएमा चुमान र कास्कीका सांसद रामजी बराल मन्त्री बन्थे। पछि हरि अधिकारीको दबाबमा लेखबहादुर थापालाई मन्त्री बनाइएको माओवादीभित्रै गुनासो छ। अर्का मन्त्री चुमानलाई देव गुरुङको एकल सिफारिसमा पठाइएको बुझिएको छ। सल्लाह गरेर छिट्टै प्रस्ताव गर्ने र मन्त्रीबाट हटाउन लगाउने सांसदहरु बताउँछन्।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१