लमजुङ, २८ माघ । लमजुङमा सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा २ सय ३८ जना लाभान्वित भएका छन्। म्ास्र्याङ्दी गाउँपालिका- ४ ताघ्रिङको रामबजारमा सो शिविर सञ्चालन गरिएको हो।
मस्र्याङ्दी गाउँपालिका- ६ का वयोवृद्ध भूमिनाथ घिमिरेको आँखा जाँच गरी शिविरको प्रारम्भ गरिएको थियो। उक्त शिविरमा २ सय ३८ जनाले सेवा लिएको सो शिविरका छन्। जसमा महिला एक सय ३४ र पुरुष एकसय चार जनाले सेवा लिएको अनुगमन प्रमुख सरोज अधिकारीले बताए। उनकाअनुसार सेवा लिन आएकाहरुको आँखा जाँच गरी चस्मा पनि वितरण गरिएको थियो।
कृषक जागरण साकोस बेसीशहरको आयोजनामा गरिएको शिविर माथिल्लो मस्र्याङ्दी दुर्इ जिएमआर कम्पनीको कार्यालयमा सञ्चालन गरिएको थियो। शिविरमा चार जनामा मोतियाविन्दु भेटिएको चिकित्सकले बताएका छन्। उनीहरूलाई शिविरमा हिमालयन आँखा अस्पतालमा रिफर गरिएको छ। सो शिविरमा हिमालयन आँखा अस्पताल घारिपाटन पोखराका का ४ जना चिकित्सकहरूले प्राविधिक सेवा दिएका थिए।
कार्यक्रममा कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका सचिव नरबहादुर गुरुङ, हिमालय आँखा अस्पतालका प्राविधिक विजय यादवलगायतले मन्तव्य राखेका थिए।
कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक घनश्याम घले, महाप्रवन्धक सुरेश थापा, माथिल्लो मस्र्याङ्दी २ कार्यक्रम संयोजक राजन गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ताघ्रिङका अध्यक्ष बलबहादुर गुरुङ, स्थानीय समाजसेवी आशबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन कृषक जागरण बचत तथा ऋण सहकारी संस्था स्याँगे सेवा केन्द्रका प्रबन्धक पदम गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१