पुल निर्माणमा दबाब दिन समिति गठन

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४
bridge

लेखनाथ, १३ माघ। पोखरा वडा २६ र १४ जोड्ने विजयपुर पुलको वैकल्पिक पुल निर्माणमा दबाब दिन समिति गठन गरिएको छ।

भगवती हाईडोपावरसँग विगतमा भएको सम्झौता अनुसार अहिलेसम्म पनि विजयपुर खोलामा वैकल्पिक पुल नबनेकाले सम्भौता कार्यन्वयनमा दबाब दिन कुलबहादुर थापाको संयोजकत्वमा गठित सहयोग समिति गठन गरिएको हो।

स्थानीयका भेलाले भक्तबहादुर कार्की, खेमप्रसाद भण्डारी, रमेश रानाभाट, हरिप्रसाद बराल, रामबहादुर कार्की, भीमसेन थापा, कमल राजभाट, दुर्गा भण्डारी, सुवेदार रनबहादुर गुरुङ र अर्जनबहादुर कार्की सदस्य रहेको समिति गठन गरिएको हो।

समितिको सल्लाहकारमा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा १४ का वडाअध्यक्ष प्रेमबहादुर कार्की, स्थानीय समाजसेवी रामजी थापा, शारदा बराल, दुर्गाभक्त श्रेष्ठ, रंगनाथ तिमिल्सेना र भोजराज बराल रहेका छन्।

हाईड्रोपावर बन्ने समयमा रामज्योति मावि र भगवती हाईड्रोपावरबीच २०६६ सालमा ५ वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भए पनि अहिलेसम्म निर्माणमा आनाकानी गरेकाले भन्दै स्थानीयवासी संगठित भएर पुल निर्माणमा दबाब दिने भएका हुन्।

पोखरालाई जोड्ने पृथ्वीराजमार्गको वैकल्पिक पुलका रुपमा समेत लिन सकिने उक्त ठाउँमा साविक लेखनाथ नगरपालिकाले पुल निर्माणको योजना बनाए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै