बेगनासताल महिला समूहमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४

लेखनाथ, १४ माघ। पोखरा ३१ मा रहेको बेगनासताल महिला समूहको १२ औं वाषिर्क साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि दुर्गा अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।

समिति उपाध्यक्षमा माया श्रेष्ठ, सचिवमा पूजा खतिवडा, कोषाध्यक्षमा सीता कार्की, सदस्यमा कल्पना अधिकारी, राजुमाया थकाली, विशु लालचन, शिव श्रेष्ठ, राधिका बराल, शोभा परियार र रीता सुवेदी रहेका छन्।

यसअघि कार्यक्रम उद्घाटन गर्दै महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले स्थानीयस्तरको विकास निर्माणदेखि अन्य सामाजिक संघ संस्थामा महिलाले नेतृत्वदायी भूमिका निर्वाहमा अग्रसर हुन आग्रह गरिन्।

समूहकी अध्यक्ष विष्णुमाया तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व अध्यक्ष शान्ति खनाल, सदस्य जानकी लामिछाने, सीता परियार, राजुमाया थकाली, हरिमाया तिवारी लगायतले आ-आफ्नो धारणा राखेका थिए।

समूहकी सदस्य शिव श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सचिव दुर्गा अधिकारीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै