पोखरा, १३ माघ। पोखरा ५, पस्र्याङस्थित धर्मस्थली आधारभूत विद्यालयले शनिबार विविध कार्यक्रमसाथ ४४ औं वाषिर्कोत्सव मनाएको छ।
समारोह उद्घाटन गर्दै प्रदेशसभा सदस्य राजीव पहारीले विद्यालयलाई सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक र संस्थागत विदालयबीच विद्यमान खाडल अन्त्य गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्व सदस्य तथा भूपू विद्यार्थी वसन्तराज अधिकारीले शैक्षिक गुणस्तर उकास्ने गरी काम गर्न विद्यालयलाई सुझाव दिए। उनले विद्यालयलाई १ लाख ३० हजार सहयोग प्रदान गरे। यस्तै, ‘हामी सक्छौं’ नामक संस्थाले पनि विद्यालयलाई २५ हजार रुपैयाँ प्रदान गर्यो।
त्यस अवसरमा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेल, पर्वतका जिल्ला शिक्षा अधिकारी रमेश पौडेल, स्याङ्जाका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारी, वडा सदस्य हरिमाया बिक, मेटे्रा सिटी अस्पतलाका संचालक समेत रहेका हाडजोर्र्नी विशेषज्ञ डा भरतबहादुर खत्री, बाराही माविका प्रअ शिवप्रसाद भण्डारी, तालबाराही माविका प्रअ भद्रकाली लामिछाने, पोखरा ५ का एमाले वडा अध्यक्ष विष्णुप्रसाद बराल, वडा ५ का जनप्रतिनिधि सदस्य पुष्पराज बराल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, पूर्व विद्यार्थी डा टंकराज अधिकारी, इ दिलबन्धु गौतम, विद्यालय व्यवस्थापन समिति सदस्य रामजीप्रसाद कोइराला, पूर्व विद्यार्थी तथा शिक्षक फणेन्द्रप्रसाद पराजुली, विद्यार्थी सुस्मिता पौडेल र सुवास नेपालीले बोलेका थिए।
कार्यक्रममा विद्यालय प्रअ केदारनाथ बरालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस्तै, उत्कृष्ट शिक्षकका रुपमा अंग्रेजी शिक्षक सुभद्रा गौतम, दृष्टिविहीन सुनिता ज्ञवाली, अक्षयकोषदातातर्फ पोखरा धर्मस्थलीमार्गका कृष्णप्रसाद पराजुली, राष्ट्रबैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धनञ्जय शर्मा, पूर्व विद्यार्थी टंकराज अधिकारी र दिलबन्धु गौतमलाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्वागत सहायक प्रअ वदनकुमारी शर्मा र सञ्चालन शिक्षक हरिश्चन्द्र अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१