अनशन तयारी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४

पोखरा, १३ माघ।  गायक, संगीतकार तथा साहित्यकार देशभक्तसिंह कुँवरले डेढ घण्टामै रचना गरेको १ सय १२ वटा मुक्तक संग्रहित कृति ‘सेती संसार विमोचनको तयारीमा छ। उक्त संग्रह यही माघ २७ मा रिर्र्डस कर्नरमा एक समारोहबीच विमोचन हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको पत्रकार सम्मेलनमा मुक्तककार कुँवरले गत वैशाख २० मा मेघा एफएममा एकै बसाइँमा यति ठूलो संख्यामा मुक्तक संग्रह रचना गरेको दाबी गरेका छन्। दिउँसो साढे ४ देखि ६ बजेबीचमा उनले धाराप्रवाह रुपमा मुक्तक भनेको र उक्त मुक्तकलाई प्रतिष्ठानका सचिव रामजीप्रसाद आचार्यले कम्प्युटर टाइप गरेको उक्त कार्यक्रममा जानकारी दिइयो।

बहुआयामिक प्रतिभाका धनी मानिने कुँवरको गत मंसिर १६ मै गजलसंग्रह ‘लभ स्टेशन’ लोकार्पण भएको थियो। योसँगै साहित्यिक क्षेत्रमा अब उनले मुक्तककारको परिचय पनि थपेका छन्।

मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर पोखरा वाङ्मय प्रतिष्ठान, सम्पदा कला मन्दिर, मुमताज मल्टि मिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष छन्। २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, साहित्यकार लगायतको परिचय बनाएका छन्।

कार्यक्रममा प्राडा यमबहादुर पौडेल क्षत्री, सञ्चारकर्मी तिर्सना गुरुङ, अम्बिका राणाले स्रष्टा कुँवरको प्रतिभाको उच्च प्रशंसा गरे।

Related News

सम्बन्धित समाचार

hero news full width