ज्ञानभूमि माविको वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४
Gyanbhumi School news photo

पोखरा, ९ माघ। पोखराको नदीपुरस्थित ज्ञानभूमि माविको ५७ औं वाषिर्कोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रअ गोविन्दप्रसाद पौडेलले वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष महावीर थापाको अध्यक्षतामा भएको समारोहमा पोखरा ३ का वडाध्यक्ष रविन्सन प्रजु, पूर्व सभासद कृष्णकुमारी परियार, वडा सदस्य लक्ष्मी पराजुली, रविन कायस्थ, जितेन्द्र कायस्थ लगायत बोलेका थिए।

त्यस अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

उक्त अवसरमा पूर्व शिक्षक कमला केसीले ४० हजार र वडा सदस्य लक्ष्मी पराजुलीले १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको शिक्षक प्रेमराज सुवेदीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै