१. मार्शल जुलुम भन्ने नाम सुन्नासाथ मानिसहरुमा जिज्ञासा उत्पन्न हुन्थ्यो। कोही मार्शल जुलुम भनेको के हो कस्तो भन्ने प्रश्न राख्दथे भने कतिपयले त्यस नाम सुन्नासाथ एक निर्भिक, निडर र जुझारु व्यक्ति सम्झन्थे। कुनै बेला काठमाडौं उपत्यकामा मार्शल जुलुम शाक्यको छुट्टै आकर्षण, छुट्टै प्रभाव र छुट्टै व्यक्तित्व थियो।
२. विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लागेका उनी २०१४ सालमा नेपाल छात्र संघको केन्द्रीय सचिवालय सदस्य थिए। त्यही हैसियतले उनले २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सहभागी भए, गिरफ्तारी दिए र नक्खु जेल पुगे। २०१५ सालको आम चुनावमा नेपाली काङ्ग्रेसको चुनाव प्रचार प्रसार समितिमा रही धेरै जिल्लामा पुगे।
३. उनको व्यक्तित्वको खास चिनारी २०१७ साल पुस १ गतेपछि देखियो। राजा महेन्द्रले त्यस दिन ‘कू’ गरेपछि उनले काठमाडौंको नयाँ सडकमा एउटा जीप र माइक भाडामा लिएर राजाको त्यस कदमको विरोधमा माइकि· गरे । पुस २ गते पनि उनले एक्लै माइकिङ्ग गर्दै हिडे। पछि शाही सेनाले उनलाई पक्र्यो र २०२४ सालसम्म जेल जीवन बिताए।
४. काङ्ग्रेसको हरेक कदममा उनी अग्रपंक्तिमा उभिन्थे। २०४२ सालको सत्याग्रहमा पनि उनी गिरफ्तार भए। उनले पटक-पटक गरी १४ वर्ष जेल जीवन बिताए। २०४६ सालको जनआन्दोलनमा उनी काठमाडौंका कमाण्डर थिए। उनी नेपाली काङ्ग्रेस, काठमाडौंका सभापति भए। प्रजातन्त्रको पुर्नर्वहाली पछि गठित कृष्णप्रसाद भट्टराईको मन्त्रिमण्डलमा भौतिक योजना तथा वाणिज्यमन्त्री पनि भए।
५. पञ्चायत कालमा उनी जेल बस्दा एम्नेष्टी इन्टरनेशनलले ३ वर्षका लागि उनलाई आस्थाको बन्दीका रुपमा अंगीकार गरेको थियो। दुर्इ वर्ष उनले भूमिगत जीवन बिताए। भूमिगत कालमा उनले फेवातालपारी मीनबहादुर गुरुङ, चाउथेका मित्रलाल सापकोटा लगायतका घरमा बिताएका थिए। उनले पोखरालाई आफ्नो सुरक्षित स्थानको रुपमा लिने गर्दथे।
६. जीवनको उत्तरार्धमा उनी मानव अधिकार संगठनमा लागे। धार्मिक क्षेत्रमा लागेर धमोर्दय सभाको सल्लाहकार बने। जातीय उत्थानका लागि गठित राष्ट्रिय शाक्य समाजमा पनि आवद्ध भए। सुवर्णयअध्ययन तथा अनुसन्धान परिषद्को अध्यक्ष बने। उनी उपभोक्ता मञ्चमा पनि सक्रिय भएका थिए। उनी धेरै सामाजिक संघसंस्थामा लागेर समाजसेवा गरेका थिए। उनले सोसलिष्र्ट इण्टरनेशनलको सम्मेलनमा पनि सहभागिता जनाएका थिए।
७. उनी अत्यन्त मिलनसार थिए। साथीको सहयोगका लागि सधैं तत्पर रहन्थे। वी.पी., गणेशमान र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बसेर काम गरेका उनी नेपाली काङ्ग्रेसका एक उदाहरण थिए, उदाहरणीय व्यक्तित्व थिए। प्रजातन्त्र र लोकतन्त्रको लागि सधैं नेतृत्वदायी भूमिका निर्वाह गरेका उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१