१. नेपालको विकासमा स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको शीष्ालगानी सम्मेलन-२०१७ सम्पन्न भएको छ। बिहीबार र शुक्रबार दुर्इ दिन चलेको सम्मेलन आशा गरेभन्दा बढी सफल भएको छ। सम्मेलन सफल भएकोमा सरकार, त्यसमा पनि उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा अर्थमन्त्री कृष्णबहादुर महरा विशेष किसिमले उत्साहित भएका छन्।
२. विशेष तयारीबिना आयोजना गरेको लगानी सम्मेलनमा सरकारले सोचेभन्दा बढी रकमको प्रतिबद्धता प्राप्त गरेको छ। सरकारले एक दुर्इ त्तीर्णर्बको प्रतिबद्धता आउने आशा भएकोमा १४ त्तीर्णर्बको प्रतिबद्धता आएको छ। विभिन्न देशहरुबाट आएको त्यति ठूलो रकमको प्रतिबद्धताले सबै नेपालीलाई खुसी पारेको छ।
३. लगानी सम्मेलनको यो विशेषता रहेको छ कि सम्मेलनमा देशले अब खुल्ला बजार अर्थनीति अँगाल्ने प्रष्ट पारेको छ। खुल्ला बजार अर्थनीतिबारे सरकारमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ पार्टी ो अर्का नेता शेरबहादुर देउवा तथा प्रमुत्तीर्ण प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली सबैले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। सम्मेलनमा त्यो आग्रहको सरकारतर्फ प्रभाव पारेको देखियो।
४. सम्मेलनमा २३ मुलुकका दुर्इ सय ७५ कम्पनी तथा व्यक्तिहरु सहभागी थिए। तीमध्ये सबैभन्दा बढी सहभागी चीनका थिए भने प्रतिबद्धता पनि सबैभन्दा बढी चीनकै भएको छ। चीनपछि क्रमशः बंगलादेश, जापान, बेलायत, श्रीलंका र भारतबाट लगानीको प्रतिबद्धता भएको छ। सम्मेलनमा नेपाली व्यवसायीले एक अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन्।
५. नेपालले यस्तो विकास निर्माणका काममा छिमेकी भारत र चीनबाट बढी अपेक्षा गर्ने गरेको छ। चीनबाट अपेक्षा गरिएभन्दा बढी आठ त्तीर्णर्ब ८८ अर्बको प्रतिबद्धता आएको छ भने भारतको जम्मा ३४ अर्बको प्रतिबद्धता आएको छ। भारतको भन्दा बढी श्रीलंका ५३ अर्ब, वेलायत र जापान प्रत्येकले एक त्तीर्णर्ब सात अर्ब तथा बंगलादेशले दुर्इ त्तीर्णर्ब ५६ अर्बको प्रतिबद्धता व्यक्त गरेका छन्।
६. चीनका छ वटा कम्पनीले जलविद्युत्, पूर्वाधार, पर्यटन, खानीलगायत क्षेत्रमा इच्छा देखाएका छन्। चीनलेर्र् इच्छा देखाएका क्षेत्रमध्ये काठमाडौं मेट्रो, हस्पिटल, हाइवे, एयरपोर्ट, सुरुङमार्गलगायत छन्। बंगलादेशले खाद्यान्न तथा निर्माण क्षेत्र तथा भारतले सोलार, स्टील प्लाण्ट, वायोमेडिकललगायतमा लगानी गर्नेर्र् इच्छा देखाएको छ।
७. विदेशी राष्ट्रहरुमा जुन मात्रामा लगानीको प्रतिबद्धता आएको छ, त्यो सन्तोषको कुरा हो। मित्र राष्ट्रहरु हामीलाई सहयोग गर्न तयार छन्। आफैले त्यति ठूलो मात्रामा लगानी भित्र्याउन सक्छौं कि सक्दनौं, त्यो महत्वपूर्ण कुरा छ। विगतमा विदेशीले दिन्छौं भनेका धेरै कुराहरु हामीले लिन नसकेका तीतो अनुभव हामीसँग छ। अरू ठूलो कुरा छोडी दियौ भने विदेशीले प्रदान गर्ने गरेको छात्रवृत्ति कोटामा समेत आवश्यक विद्यार्थी पढाउन नसकी ‘ल्याप्स’ भएको घटना धेरै छन्। यो प्रतिबद्धता भित्र्याउन हामीले हाम्रो प्रशासन यन्त्र, आर्थिक ऐन कानुन, राजनीतिक संयन्त्रलगायत धेरैको सुधार गर्नुपर्ने देखिन्छ। त्योभन्दा ठूलो कुरा हाम्रो राजनीतिक स्थिरता हो। स्थिरता र सुधार भएन भने यो प्रतिबद्धता हाम्रो लागि आकाशको फल पनि हुन सक्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१