नेताहरू दम्भ परित्याग गर

सम्पादक
फागुन २६, २०७१

१. डेढ महिना भन्दा लामो समय पूर्व र पश्चिम फर्केर रहेका ध्रुवीकृत राजनीतिक पार्टीरू संविधान निर्माणका लागि एक ठाउँमा बसेका छन्। यसबीचमा सत्तारुढ पार्टीरूले संविधान सभामा प्रश्नावलीको प्रस्ताव तयार गरेका छन् भने एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले पहिलो चरणको आन्दोलन पूरा गरी काठमाण्डौंमा शक्ति प्रदर्शनको गरेको छ।

२. ती दुवै पक्ष आ-आफ्नो काममा दङ छन् र तिनीहरूले त्यो आफ्नो कामलाई विपरीत पक्षका लागि एक दबाब सम्झेका छन्। दुवै पक्षले मुखले भन्न त आफ्नो पक्ष लचकता साथ प्रस्तुत हुने बताएका छन्। तर, तिनीहरूले आफ्नो अडान के-कति छाड्ने हुन्, त्यो बताएका छैनन्।

३. त्यसो हुँदा तिनीहरूको लचकता बोलीमा मात्र सीमित हुने हो कि भन्ने आशंका पनि गरिएको छ। बस्न त ती पार्टीका नेताहरू औपारिक रुपमा बसेका छन्। तर तिनीहरू जब आफ्नो पक्षतर्फ र्फकन्छन्, तब त्यही लचकतालाई कमजोरी नठानियोस् भनी सकेसम्म ठूलो स्वरले कुर्लिन्छन्।

४. मिल्ने उद्देश्यले एक ठाउँमा बसेपछि मैत्री भाव देखाएर एकले अकोर्लाई सद्भावको व्यवहार गर्नु पर्दछ। त्यस्तो अवस्थामा आ-आफ्नो दम्भ परित्याग गरी सकेसम्म सौहाद्रपूर्ण वातावरण सिर्जना गर्नु पर्दछ। डर, त्रास र धम्कीको भाषा कसैले व्यक्त गर्नु हुँदैन। तर हामी कहाँ त्यस्तो प्रयास कसैले गरेको देखिएन।

५. ‘तित्राको मुखै वैरी’ भने जस्तै हाम्र नेताहरू पनि बोल्न साथ अको पक्षको तथानाम गाली गलौज र आलोचना गर्न थाल्दछन्। मानौ, उनीहरूसँग बोल्नका लागि अरु विषय नै छैन। राजनीतिक सिद्धान्त, विकास निर्माणका कार्यक्रमहरू देखाएर जनतालाई प्रभाव पार्ने कुरा अहिले हराएर गएका छन्।

६. कुनै बेला जननेता बीपी कोइरालाले भन्ने गर्थे कि ‘राजनीतिमा सिद्धान्त र कार्यक्रम विशेषका कुरा गौण भयो भने जातीय, भाषिक र धार्मिक जस्ता सम्प्रदायिकतारुपी विषय घुलमिल भएपछि त्यसले ढिलो या चाडो नराम्रो परिणाम ल्याउँछ।’

७. अहिले देशमो राजनीति त्यस्तै भएको छ। राजनीतिक नेताहरू राजनीतिक कुरा गर्न छाडेर जातीय र धार्मिक सम्प्रदायिक कुरामा रुमलिइरहेका छन्। त्यसैका लागि ‘ज्यान दिन तयार छौ’ समेत भन्न थालेका छन्। नेताहरूले यसो भन्नु राजनीतिको अधोगति हो। यस्तो स्थितिलाई सकेसम्म छिटो पुरपार पारी मिलाउनु पर्दछ। यसरी पुरपार पार्न छिटो संविधान निर्माण गर्नु पर्दछ। त्यस कारण नेताहरूले कुनै किसिमको दम्भ नदेखाइ संविधान निर्माण गर्नु अहिलेको आवश्यक हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width