१. विश्वमा हत्या, हिंसा र आतड्ढबाट आतड्ढति भएर मानिसहरूले त्यसको विरुद्धमा अनेक कार्यक्रम तर्जूमा गरेका छन्। ती कार्यक्रममध्ये एउटा कार्यक्रम हो-उलर्ंदो सय करोड अभियान। यो उर्लंदो सय करोड कार्यक्रम म’ख्यत महिला र किशोरीमाथि ह’ने हिंसाविरुद्ध थालनी गरिएको एक अन्तर्राष्ट्रिय अभियान हो।
२. विश्वमा प्रत्येक वर्ष दशौँ हजार महिला तथा किशोरी हिंसाबाट प्रताडित ह’न्छन्। उनीहरू यत्ति अन्याय र अत्याचारबाट पीडित छन् कि उनीहरूले सम्बन्धित ठाउँबाट न्याय पाउन पनि सक्दैनन्। अन्याय र अत्याचारमा पिल्सिएर उनीहरूले जीवनभर नारकीय जीवनयापन गर्न बाध्य ह’न्छन्।
३. त्यही अन्याय र अत्याचारका विरुद्धमा तथा महिला र किशोरीमाथि ह’ने सम्पूर्ण यातना र हिंसाका विरुद्ध विश्वका मानिसहरूको ध्यान केन्द्रित गर्ने तथा सचेतना जगाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको हो। २०१२ मा इटालीबाट प्रारम्भ गरिएको यो अभियानले विश्वव्यापी रूप लिएको छ।
४. २०० भन्दा बढी देशमा यो अभियान फैलिएको छ। नेपालमा २०१२ मा यो अभियान भित्रिएको थियो भने यो छोटो समयमा यसले देशका महत्त्वपूर्ण स्थानमा प्रवेश पाएको छ। प्रेम दिवसकै दिन पारेर यो अभियान स’रुवात गरिएको छ। पोखरामा तीन दिने कार्यक्रम राखी हिजो यो अभियान सम्पन्न भएको छ।
५. पोखरामा सिर्द्धार्थ क्लब, पोखराको संयोजनमा तथा अन्य २४ वटा संस्थाको आयोजनामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा निर्धारित कार्यक्रम अन’सार सडकमा नाच्ने, गाउने, पर्चा वितरणदेखि मैनबत्ति प्रज्वलन गरी महिला हिंसाविरुद्ध हस्ताक्षर सड्ढलन समेत गरिएको थियो।
६. हाम्रो देशमा अधिकांश महिला पिछडिएका छन्। उनीहरू उत्पीडित छन्। उनीहरूको उत्थान र उन्नतिका लागि कार्यक्रम घोषणा गरिएका छन्। तर ती कार्यक्रम त्यत्ति प्रभावकारी र परिणाममुखी भएका छैनन्। अधिकांश महिला अझै हिंसा र यौन हिंसाका शिकार भएका छन्।
७. यस्तो स्थितिमा उलर्ंदो यस करोड अभियान सञ्चालन गरिन’ स्वागतयोग्य कदम हो। यो अभियानको उद्देश्य महिला हिंसाको विरुद्धमा सय करोडलाई सडकमा उतार्न हो। यो एक महत्त्वाकांक्षी अभियान हो। तर यो अभियानले छिटो सचेतना फैलाउने छ र निकट भविष्यमा नै महिलाको अवस्था स’धार ह’ने अपेक्षा गरिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१