१. विश्वकप ट्रफी नेपालमा ल्याउने कुरा सपना मा पनि नसोचिएको कुरा हो। तर अस्ति शनिबार विश्वकप ट्रफीलाई राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंको र·शालामा उचालेर देखाएका पनि थिए। विश्वकप ट्रफी उचाल्ने अवसर पाउने उनी पहिलो नेपाली भएका छन्।
२. खेलाडीहरू त्यो ट्रफी स्र्पर्श गर्नुलाई पनि ठूलो भाग्य सम्झन्छन्। चार वर्षको एकपटक फुटबल खेल जित्ने खेलका कप्तानले त्यो अवसर पाउने गर्दछ। त्यसरी त्यो ट्रफी जित्नु खेल जगतका लागि ठूलो प्रतिष्ठाको विषय हुने गरेको छ। अरु साधारण खेलाडीले ट्रफीको नजिक रहेर फोटोसम्म खिच्नु पनि आफ्नो जीवनको रोमाञ्चक क्षण मान्दछन्।
३. त्यस्तो महत्त्वपूर्ण ट्रफी नेपाल आउनु आफैमा महत्त्वपूर्ण कुरा हो। ट्रफी भूटानबाट नेपाल ल्याइएको हो भने हिजो नै भारतको कोलकाता लगिएको छ। ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो भने त्यसरी भ्रमण गराइसकेपछि आगामी वर्ष विश्वकप हुने देश ब्राजिल पुर्याइने कार्यक्रम छ।
४. नेपालमा ट्रफी ल्याइएकोमा खेलप्रमी यसै पनि हौसिएका छन्। फुटबल खेलाडीहरूले ट्रफीको नजिक गएर फोटो खिच्ने अवसर पाएकोमा आफूलाई कृतकृत्य सम्झेका छन्। अस्ति साँझसम्म ट्रफी र·शालामा राखिएको थियो भने त्यसपछि होटल सोल्टीमा लगिएको थियो। केही हजारले ट्रफी को अवलोकन गरेका थिए।
५. त्यसरी अवलोकन गर्ने अधिकांशले त्यो क्षणलाई आफ्नो जीवनको अविष्मरणीय क्षण भएको बताएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले आफू भावविभोर भएको बताएका छन्। आफ्नो टीमका लागि सर्वाधिक अन्तर्राष्ट्रिय १५ गोल गर्ने कीर्तिमानी निराजन रायमाझीले टेलिभिजनमा मात्र देखेको ट्रफीलाई प्रत्यक्ष देख्न पाउनुलाई भाग्य सम्झेकम छन्।
६. ६ किलोभन्दा बढी वजन भएको विश्वकप ट्रफी ७५ प्रतिशत शुद्ध सुनद्वारा निर्माण गरिएको हो। यो ट्रफीलाई इटालियन डिजाइनर सिल्भियो गाजाजिगाले निर्माण गरेका थिए। खेलाडीहरूको प्रेरणा र प्रोत्साहनका लागि फिफाकै विशेष जेटमार्फत विभिन्न देशको यात्रा गराइएको हो।
७. विश्वकप ट्रफीको आफ्नो महत्त्व र महिमा छ। संसारभरिका फुटबल खेलाडीको सबभन्दा ठूलो सपना भनेको ट्रफी प्राप्त गर्नु हो। चार वर्षको एकपटक विश्वकप जित्ने भाग्यमानी टीमले यो ट्रफी पाउने गर्दछ। यो ट्रफी जित्नेले नाम, दाम र प्रतिष्ठा सबै प्राप्त गर्दछ। त्यो देशको प्रतिष्ठा पनि उच्च हुन्छ। त्यसैले यो ट्रफीको महत्त्व अतुलनीय र असाधारण मानिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१