१. संविधानसभाको चुनाव नजिकै आएको छ। त्यो चुनावको लागि उम्मेदवारी दिने दिन पनि अब ८/१० दिन मात्र बाँकी छ। हिजो मत्ता हस्ती जसरी हिँडेका नेताहरू अहिले चुनाव नजिक आएपछि आत्तिन थालेका छन्। उनीहरू चुनावमा आफू कहाँबाट उठ्ने, आफ्नो लागि कुन क्षेत्र सुरक्षित होला भनी भौतारिन थालेका छन्।
२. वास्तवमा विगत चार वर्ष नेताहरू मत्ता हात्तीजस्तै भए। उनीहरूले जनताका नाममा आफूले जे गरे पनि हुन्छ भनेझैं विवादै विवाद गरी समय त्यसै खेरा फाले। उनीहरूले संविधान बनाएनन्। त्यसैबीच कसैले संविधान सडकबाट घोषणा गर्ने धम्की पनि दिए, उनीहरूको त्यो धम्की पनि त्यसै सेलायो।
३. उनीहरूले त्यो चार वर्ष मात्र बिताएका होइनन्, त्यसपछिको यो दुर्इ वर्ष पनि विवादै विवादले बिताउँदै छन्। अझै पनि उनीहरूले एकले अर्कोलाई निर्वाचन नचाहेको दोष दिँदैछन्। दलहरूको सिण्डिकेटले नेकपा-माओवादीमाथि त्यो आरोप लगाएको छ भने सिण्डिकेटभित्रका दलहरूले पनि एकले अर्कोलाई त्यो आरोप लगाउँदैछन्।
४. उनीहरूले लगाउने गरेका आरोपको अध्ययनकर्ताहरूले ती पार्टीर नेताहरू कसैले पनि वास्तवमा चुनाव चाहेका होइनन्। उनीहरू सबै चुनावदेखि डराइरहेका छन्। चुनाव उनीहरूको बाध्यता हो। त्यो बाध्यता यसरी कसिएर आएको छ कि अब त्यसबाट पलायन हुन खोजेर पनि पलायन हुन सक्ने स्थिति देखिँदैन भन्ने निष्कर्ष निकालेका छन्। तैपनि चुनाव सार्ने कुरा अहिले पनि भइरहेको छ।
५. नेताहरू जनताका आँखामा छारो हाल्न कसैले हिजो गल्ती भएको कुरा गर्दैछन् भने कसैले त्यसको दोष अरुमाथि थोपर्ने प्रयास गरिरहेका छन्। तर अहिले पनि हिजो नमिलेका विषयलाई के कसरी मिलाउने भन्ने सम्बन्धमा उनीहरूले एक दिन पनि विचार विमर्श गरेका छैनन्। उनीहरूबीचको फासला जस्ताको तस्तै छ।
६. तर चुनावमा प्रभाव पार्ने कुराहरू भने फेरिएको छ। हिजो नएको सङ्घीय समाजवादी पार्टीआज अस्ितत्वमा आएको छ भने उता अखण्ड नेपाल पार्टीपनि उत्तिकै सशक्त किसिमले स्थापित भएको छ। नेताहरूलाई समाजवादी पार्टीतर नरम हुने कि अखण्डतिर नजिक हुने धर्मसड्ढट परेको छ। नेकपा-माओवादी पार्टीको भूमिकाले पनि नेताहरूको चुनावमा असर पार्ने देखिएको छ।
७. ती सबै कारणले गर्दा नेताहरू बाहिर जे भने पनि भित्र आत्तिएका छन्। कोही शीर्ष नेताहरूलाई सजिलै संविधानसभामा आउने वातावरण बनाउने चर्चा गर्दैछन् भने कोही सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा यताउता हेर्दैछन्। कोही एक ठाउँबाट मात्र उम्मेदवारी दिँदा जित्ने निश्चित नभएकाले दुर्इ स्थानबाट लड्ने पक्षमा छन्। जनताको काम नगर्दा र विवादको लागि विवाद गरी समय खेरा फाल्दा त्यसको परिणाम के हुन्छ भन्ने कुरा अहिले देखिएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
जेठ ८, २०८१कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१