१. काठमाडौंमा भएको साफ स्तरीय फुटबल खेलमा भारतलाई २-० ले हराएपछि अफगानिस्तान यहाँ चर्चाको शिखरमा पुगेको छ। जताततै अफगानिस्तान र त्यसका खेलाडीहरूका सम्बन्धमा चर्चा र छलफल भई रहेको छ। पहिलो पटक अफगानिस्तानले त्यो उपाधि जितेको हो। करिब १० वर्ष पहिले साफ प्रतियोगितामा सम्मिलित भएको त्यसको यो सफलताले एउटा इतिहास कायम गरेको छ।
२. साफस्तरीय फुटबल खेलमा पाँच पटक भारतले जितेको थियो भने मालदिभ्स र बंगलादेशले मात्र एक-एक पटक जितेको थियो। त्यसैले खेलको विश्लेषण गर्नेहरूले भारतलाई अपराजित भन्ने गर्दथे। विश्लेषकहरूको विश्लेषण विपरीत यस पटक त्यसलाई नेपालले पनि एक खेलमा पराजित गरेको थियो।
३. नेपालका फुटबल खेलाडीहरूले झैं हाम्रा राजनीतिक नेताहरूले पनि भारतीय नेताहरूलाई गोल गर्न सकेको भए देशको स्थिति कस्तो हुने थियो। तर के गर्ने, हाम्रा नेताहरूले कहिले त्यो हिम्मत र स्वाभिमान देखाउन सकेका छैनन्, यो फुटबलबाट प्रेरणा लिएर नेताहरूले आत्मविश्वास देखाउन सके भने भोलि नै स्थितिमा धेरै परिर्वतन आउन सक्छ।
४. वषाै-वर्षको युद्धबाट जर्जर भएको अफगानिस्तानले साफ ट्रफी जित्नु ठूलो कुरा हो। अफगानिस्तानका प्रशिक्षक युसुफ करगरले खेलाडीहरूको मेहनतले जीत सम्भव भएको बताउँदै उनले साफमा भारतको नियन्त्रण समाप्त भएको पनि उल्लेख गरेका छन्। यो जीतले अफगानी राष्ट्रियता बलियो हुने पनि बताइएको छ।
५. अफगानिस्तानको यो पनि विशेषता रहेको छ कि अफगानी फुटबल खेलका प्रशिक्षक आफ्नै देशका छन्। अन्य सबै देशले प्रशिक्षक विदेशबाट आयात गरेका छन्। विदेशी प्रशिक्षक राख्दैमा सबै ठीक हुन्छ भन्नु पनि उचित होइन। मुख्य कुरा खेलाडीहरूको मेहनत र आत्मविश्वास हो। अफगानी खेलाडीहरूले ती दुवै कुरा देखाएका छन्।
६. अफगानिस्तानले ट्रफीका साथ ५० हजार डलर पाएको छ भने भारतले २५ हजार डलर पाएको छ। सेमीफाइनलमा पुगेका नेपाल र मालदिभ्सले १०/१० हजार डलर पाएका छन्। फेयर प्लेमा पनि नेपालले रिर्कर्ड राखेको छ। नेपालको आफ्नै ग्राउण्डमा सबै खेल भएकोले यस पटक नेपालले ट्रफी चुम्नेमा धेरै आशावादी थिए, तर सकेन।
७. अफगानिस्तानका खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरे। त्यसमा पनि त्यसका गोलकिपरको सबैले प्रशंसा गरेका छन्। क्याप्टेनले पनि राम्रो गरेका छन्। सबभन्दा बढी चर्चा प्रशिक्षकको भएको छ। अफगानी खेलाडीहरूले जे जसरी ट्रफी जितेर लगेका छन्, त्यो त्यस देशको लागि ठूलो कुरा भएको छ। त्यस उपलक्ष्यमा हामी अफगानी टीमलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
जेठ ८, २०८१कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१