१. तत्कालीन माओवादी सेनाका पूर्व लडाकूहरूलाई नेपाली सेनामा समायोजन गर्ने काम सोमबार काठमाडौंमा एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ। ती लडाकूहरूलाई नेपाली सेनाबाट आवश्यक तालिम दिएर उपसेनानीको दर्ज्यानी चिन्ह लगाइदिएर सो कार्य पूर्ण गरिएको छ। दर्ज्यानी चिन्ह सरकारका अध्यक्ष खिलराज रेग्मीले लगाइदिएका थिए।
२. सेना समायोजन शान्ति सम्झौताको एक महत्त्वपूर्ण अ· मानिन्छ। करिब १४५० जना सेनामा समायोजन भएपछि नै त्यो कार्य टु·एिको थियो तापनि तीमध्ये अधिकृतस्तरका ७१ जना कसरी छानिन्छन्, त्यो सबैको कौतुहलको विषय थियो। आवश्यक तालिमबाट उनीहरू छानिएका छन् भने यस्तै ब्रीज कोसर्को तालिम दिँदै ती ७१ जनाको क्रमशः पदोन्नति गरिने छ।
३. माओवादीले एकताका आफ्ना ३२ हजार लडाकू भएको बताएको थियो भने अनमिनले १९,६०२ जनाको पहिचान गरेको थियो। त्यो पार्टीले ती सबैलाई एकसाथ सेनामा लैजान खोजेको थियो। त्यसरी एक साथ १९ हजारभन्दा बढीलाई सेनामा लग्दा त्यसको परिमाण के होला भनी धेरैले शड्ढा पनि व्यक्त गरेका थिए।
४. स्वेच्छिक अवकासमा जानेहरूको सङ्ख्या बढ्न थालेपछि धेरैले सन्तोषको श्वास फेरेका थिए। उनीहरूमध्ये अब एकजना कर्णेल, दुर्इ जना लेफ्टिनेन्ट कर्णेल, १३ मेजर, ३० क्याप्टेन र २५ लेफ्टिनेन्ट रहनेछन्। आवश्यक तालिम प्रशिक्षण प्रदान गर्दै उनीहरूको प्रमोशन गरिने सम्झौतामा उल्लेख छ।
५. सेनामा समायोजन भएका उनीहरूले के कस्तो आचरण र व्यवहार गर्दछन्, त्यो सबैको चासोको विषय भएको छ। उनीहरूले विगतको कुरा विर्सेका भए, अब सिङ्गो देश र जनताका लागि काम गर्ने बताएका छन्। उनीहरूले अनुशासित एवं व्यवसायिक भएर सैनिक जीवनयापन गरे भने त्यो सबैको लागि खुसीको कुरा हुनेछ।
६. सेना समायोजन शान्ति सम्झौताको एक अ· हो। सबै होइन। सत्य निरूपण र मेलमिलाप आयोग गठन गर्ने कुरा बाँकी नै छ। उता कब्जा गरिएको जग्गा अझै फिर्ता भएको छैन, त्यसमा पनि सम्बद्ध पक्षहरूको ध्यान जानु आवश्यक छ। बेपत्ता भएका परिवारको पीडालाई पनि हामीले महसुस गर्नुपर्दछ।
७. सत्य निरूपण तथा मेलमिलाप आयोग अहिलेको आवश्यकता हो। त्यसको गठन नभएकोले अनावश्यक विवाद जन्मदैछन्। कोही न्यायको लागि आजीवन अनसनमा बसेका छन् भने कोही सवोर्च्च अदालत र मानव अधिकार आयोग धाउँदैछन्। उता बेलायतमा सेनाका कर्णेल कुमार लामा तारिख खेप्दैछन्। त्यस्तो अवस्था अरुको नहोस्, त्यसको पनि ख्याल राख्नुपर्दछ। शासन विधिको हुनुपर्दछ। विधि विधान अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको हुनुपर्दछ। ता कि भोलि कोही कुमार लामा हुन नपरोस्, यो कुरा हामी दोहोर्याउन चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१