१. नेकपा-माओवादी पार्टीले मङ्सिर ४ गतेको चुनावलाई सक्रिय बहिस्कार गर्ने निर्णय गरेको छ। त्यस पार्टीको त्यही बहिस्कार गर्ने निर्णय कार्यान्वयन गर्ने क्रममा त्यसका नेताले सार्वजनिक ठाउँमा मतपेटिका फोडेर देखाएका छन्। त्यो दृश्य देखेपछि सर्वसाधारणजनमा फेरि एकपटक नैराश्यता छाएको छ। र देशको विकासको कुरा आकाशको फल हुने भयो भन्ने आशड्ढा व्याप्त भएको छ।
२. देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ। जताततै अन्यौल व्याप्त छ। त्यो अन्यौल हटाउने र सङ्क्रमणकाल छोट्याउने कुनै उपाय छ भने त्यो एक मात्र निर्वाचन हो। निर्वाचनले संविधानसभा, संसद् दिन्छ। त्यो संसद्ले सरकार दिन्छ। त्यो सरकार गठन भएपछि देश एउटा निश्चित लिकमा जान्छ। त्यो लिकमा उतार्न आजको आवश्यकता हो।
३. वर्तमान अवस्थामा गठित अन्तरिम चुनावी सरकार एउटा बाध्यताको सरकार हो। यसलाई अपवादको रूपमा लिनुपर्दछ। प्रधानन्यायाधीश आफै मन्त्रिपरिषद्को अध्यक्ष भएकाले यसले निस्पक्ष र स्वतन्त्र निर्वाचन गराउने छ भनी अपेक्षा गरिएको छ। राजनीतिक नेताहरूले एकले अर्कालाई विश्वास नगरेका कारण यो सरकार आएको हो।
४. बाध्यताबस आएको यो गैरराजनीतिक सरकारलाई सकेसम्म छिटो काम पूरा गरेर पठाउनुपर्दछ। यसको काम पूरा नगराउने हो भने यसलाई कति समय टिकाइराख्ने, एउटा त्यो सोच्नुपर्दछ भने अर्को यसको विकल्प के हो, त्यसमा ध्यान दिनुपर्दछ। र त्यो सार्वजनिक गर्नुप र्दछ।
५. नेपालको राजनीति कसैले माने पनि, नमाने पनि बहुदलीय पद्धतिबाट गइरहेको छ। यहाँ बहु दल छन्। बहु दलहरू भएकाले कुनै एक दलले भनेजस्तो गरी राजनीति डोर्याउन सकिँदैन। यस्तो अवस्थामा सहमति र सम्झौता आवश्यक कुरा हुन्। ढिलो या चाँडो सहमति र सम्झौतामा आउनुपर्दछ।
६. सम्झौतावादी भनेर कसैले कसैको आलोचना गर्नु देश नबुझ्नु हो। दश वर्ष सशस्त्र द्वन्द्व गरेपछि पनि सम्झौता गर्नुपरेको यथार्थ हाम्रोसामु छ। सडकबाट संविधान घोषणा गर्ने धम्की सेलाएको पनि सबैलाई थाहा छ। ती सबै यथार्थ छँदाछँदै फेरि त्यही बाटो जान खोज्नु देशलाई फेरि एकपटक पछि पार्नु हो र विकासलाई अल्मल्याउनु हो।
७. त्यो कुरा जनतालाई स्वीकार्य हुन सक्दैन। जनता चुनाव चाहन्छन्। चुनावमा सबै दलहरू सहभागी होउन् भन्ने चाहन्छन्। असन्तुष्ट भएकाहरूलाई उनीहरूको जायज माग पूरा गरेर चुनावमा ल्याउनुपर्दछ। असन्तुष्टहरूले पनि चुनाव हुनै दिँदैनौं भन्न हुँदैन। द्वन्द्व निम्त्याउने बेला होइन यो। सशस्त्र द्वन्द्वको पीडा नेपालीहरूले अहिलेसम्म बिर्सेका छैनन्। त्यसकारण चुनावमा भाग लिई निकास दिनु सबैको कर्तव्य हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१