१. हिजो हामीले जननेता बीपी कोइरालालाई सम्झेका थियौं भने आज वामपन्थी नेता पुष्पलाल श्रेष्ठको सम्झनामा २/४ पंक्ति कोर्ने प्रयास गर्दैछौं। यी दुवै नेता नेपालको राजनीतिका शिखर धरोहर हुन्। वामपन्थी नेता पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीमा प्रमुख संस्थापक हुन्। उनले कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका थिए।
२. कम्युनिष्ट पार्टीको स्थापना र त्यसको प्रचार-प्रसारमा पुष्पलालले सर्वाधिक प्रयास गरेका थिए। २०१७ सालको ‘कु पछि अन्य नेताहरू झैँ उनी पनि स्वनिर्वासनमा भारत लागे र भारतमा बसेर सङ्गठन गरे। उनले भारतमा कठिन दिनहरू गुजारे र त्यहीँ नै उनको ५४ वर्षको उमेरमा हृदयघातबाट निधन भयो। त्यस बेलाका पञ्चायती सरकारले उनको अस्तु पनि स्वदेश भित्र्याउन इजाजत दिएको थिएन।
३. पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीमा संस्थापक थिए। इमान्दार थिए। कर्तव्यनिष्ठ थिए र एक जना कम्युनिष्टले जे जस्तो जीवन शैली अपनाउनपर्दथ्यो, त्यो उनले अपनाएका थिए। उनको व्यक्तित्व र विचारधारामा कसैले औला ठड्याउन सक्दैन। राष्ट्रियता र सार्वभौमिकताको सवालमा उनी खरो थिए, सजग र सतर्क थिए।
४. तर विडम्बना उनले धेरैलाई आफ्नो मान्छे बनाउन सकेनन्। उनमा प्रौढता आएपछि नाराबाजीका कुरा परित्याग गरी उनी केही व्यवहारिक भए, गम्भीर भए। उनले पञ्चायतलाई पराजित गर्न वामपन्थी र नेपाली काङ्ग्रेस मिल्लुपर्ने प्रस्ताव राखे। तर जब उनले त्यो प्रस्ताव राखेका थिए, तब उनको विरोध सुरु भयो।
५. उनलाई उनकै शिष्यहरूले गद्दार पनि भने, काङ्ग्रेसको पुच्छर पनि भने। नेताहरूले उनीबाट छुट्टएिर नयाँ-नयाँ पार्टीबनाए। एकभन्दा अर्को क्रान्तिकारी बन्न खोजे। नेपालको कम्युनिष्ट जगतको यो विडम्बना नै भन्नपर्दछ कि जो अलि व्यवहारिक हुन खोज्छ, त्यो त्यहाँ गद्दार हुन्छ र एक समूहले त्यसलाई छोडेर जान्छ। त्यो प्रवृत्ति अहिले पनि जारी छ।
६. पुष्पलाल त्यो प्रवृत्तिको पहिलो शिकार भएका थिए। तर पछि लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा काङ्ग्रेस र कम्युनिष्ट मिलेर जब पञ्चायती व्यवस्थाको अन्त गरे, तब हिजो गद्दार भन्नेहरूले पनि विस्तारै उनको फोटोमा पुष्पगुच्छा चढाउने गरे। तैपनि अझै सबै कम्युनिष्टले त्यो साहस जुटाउन सकेका छैनन्। कतिपयले अझै उनीप्रति पूवाग्रह राखेर हेरिरहेका छन्। उनलाई कम्युनिष्ट पार्टीमा संस्थापक भन्न सकेका छैनन्। यो सड्ढुचित मानसिकताको परिणाम हो।
७. जसले जे सोचे पनि शहीद पररिवारमा जन्मेका उनी राजनीतिका शिखर धरोहर हुन्। निष्कलड्ढ व्यक्तित्व हुन्। उनले नेपालको राजनीति र इतिहास राम्ररी बुझेका थिए। इतिहासको आधारमा उनले विश्लेषण गर्दथे। उनको विश्लेषण के कति सही थियो भन्ने कुरा पहिलो र दोस्रो जनआन्दोलनले देखाएको छ। यस्ता दूरदर्शी नेताको हामीले उचित मूल्याड्ढन गर्नुपर्दछ। हामी दिवंगत पुष्पलालप्रति हार्दिक श्रद्धा अपण गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१