१. सधैँ केही न केही विषयमा गोष्ठी, सेमिनार, अन्तरक्रिया उत्सव आदि भइरहने पोखरामा शनिबार पनि एक उत्सव भएको छ। तर त्यो उत्सव अरु उत्सव गोष्ठी आदिभन्दा विलकुल फरक र बेग्लै रह्यो। त्यो उत्सव हो-गर्न्धर्वहरूको विषयमा भएको उत्सव अर्थात गर्न्धर्व गुञ्जन स·ीत उत्सव।
२. गर्न्धर्वहरूकै विषयमा गर्न्धर्वहरूको जन्मभूमि मानिएको पोखरामा त्यस्तो उत्सव हुनु एक ठूलो कुरा हो। गर्न्धर्वहरूको सङ्ख्या नै थोरै छ। २०६८ सालको जनगणनाअनुसार देशभरिमा गर्न्धर्वहरूको सङ्ख्या छ हजार सात सय ९१ मा रहेको छ भने उनीहरूले वंशानुसार अपनाउँदै आएको गाइने पेशा लोपोन्मुख अवस्थामा पुगेको छ।
३. गर्न्धर्व समुदायको पुख्यौर्ली पेशा सड्ढटमा पर्दै गएकोमा धेरैले चिन्ता प्रटक गर्ने गरेका छन्। केही सङ्घसंस्था र व्यक्तिहरूले त्यसको उत्थानमा प्रयास पनि गरेका छन् र त्यसरी प्रयास गर्ने कतिपयले फाइदा पनि उठाएको सुनिन्छ। त्यो जे भए पनि यो पेशालाई लोप हुन दिनुहुँदैन भन्नेमा सबैको एकै विचार छ।
४. त्यही महत्त्वलाई मनन गरेर होला गर्न्धर्व गुञ्जन सङ्गीत उत्सवको उद्घाटन गर्न नेपाली सङ्गीत नाट्य एकेडेमीका कुलपति अम्बर गुरुङ स्वयं पोखरा आएका थिए। आफ्नो उद्घाटन भाषणमा कुलपति गुरुङले सारङ्गी गर्न्धर्व जातिको मात्र नभएर सारा नेपाल र नेपालीको भएको बताए। यसको उत्थानमा सबै लाग्नुपर्ने पनि बताए।
५. गर्न्धर्व गुञ्जन कार्यक्रममा सोही विषयमा अनुसन्धान गरिरहेका डा. कुशुमाकर न्यौपाने र बाजाका आधुनिकीकरणको विषयमा शोध गरिरहेका मोहन क्षत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए। उनीहरूले गर्न्धर्व युवाहरूले आफ्नो पहिचान भुल्न नहुनेमा जोड दिँदै यसको अस्थितत्व बचाउनुपर्नेमा जोड दिए।
६. कुनै बेला गर्न्धर्वहरूले कसैको महत्त्वपूर्ण जीवनीमा आधारित शृङ्खलावद्ध गीत गाउँथे। सारङ्गीको धुनमा उनीहरूले त्यस्तो गीत गाउँदा श्रोताहरू त्यसै प्रभावित हुन्थे। श्रोताहरू प्रभावित हुने मात्र होइन, उनीहरूले नयाँ ज्ञान र गुणका कुरा पनि सिक्दथे। गर्न्धर्वहरूले देश विदेशका ताजा र सन्देशमूलक सूचना प्रवाह पनि गर्दथे। त्यो शृङ्खला अहिले लोप हुन लागेको छ।
७. यस्तो महत्त्वपूर्ण विषयमा भएको उत्सवमा गर्न्धर्व र गर्न्धर्वसम्बन्धी अध्ययन गरेका विज्ञ र प्राज्ञहरू समेत सहभागी भएकाले त्यसबाट धेरैले आशा र अपेक्षा गरेका छन्। उत्सवमा गर्न्धर्वहरूबीच नेपालका एक मात्र महिला सहभागी लेखनाथकी टीकामाया गर्न्धर्वसमेत सहभागी भएकोले त्यसले अरुलाई प्रेरणा दिएको हुनुपर्दछ। गर्न्धर्व पेशाको संरक्षण र सर्म्वर्द्धनमा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीले भूमिका खेल्न सक्दछ, खेल्न सक्दछ मात्र होइन, खेल्न दिनुपर्दछ भन्ने हाम्रो विचार छ। उनीहरूको समुदाय पिछडिएकाले विशेष सुविधा दिएर भए पनि गर्न्धर्व पेशाको छिटो जगेर्ना गर्नेतिर कदम चल्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१