१. चुनाव सम्पन्न गर्नका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको दुर्इ महिना बितेको छ। यो दुर्इ महिनामा चुनावसम्बन्धी केही कामहरू भएका छन्। तर चुनावको वातावरण बनिसकेको छैन। चुनाव अझ पनि हुने हो कि होइन भन्ने निश्चित साथ भन्न सकिने अवस्था छैन।
२. चुनाव नजिक आएकैले होला पार्टीरूले कार्यकर्ता तानातान गर्दैछन्। एउटा पार्टीका कार्यकर्ता र नेता अर्को पार्टीका प्रवेश गर्दैछन्। त्यो हेर्दा पार्टीरूलाई चुनाव आएको हो कि जस्तो देखिएको छ। सरकारी स्तरबाट नागरिकता वितरण गरिँदैछ। पहाडका गाउँ घरका बूढाबूढीहरूले पनि नागरिकता पाएर द· भएको समाचार आएको छ।
३. त्यही नागरिकता वितरण तराई क्षेत्रका लागि समस्या भएको छ। त्यहाँ गैरनेपालीले नागरिकता प्राप्त गरेको धेरै सिकायत आएको छ। सीमापारिबाट साधु सन्तहरूले शिवरात्रिबाट भिक्षा माग्न आएजस्तै गरी मानिसहरू नागरिकता लिन आइरहेछन्। त्यसरी नागरिकता लिन आउने को नेपाली हुन्, को होइनन्, खुट्याउनै धौधौ परिरहेछ।
४. सरकार चुनावी माहोल खडा गर्न विभिन्न पार्टीका नेताहरूसँग वार्ता गर्दैछ। तर नेताहरू आफ्नो अडानबाट हट्ने स्थितिमा छैनन्। चुनावका लागि धेरै जटिलता छन्। माहोल बनाएर चुनावको तिथि घोषणा गर्ने कि चुनावको तिथि घोषणा गरेपछि माहोल बन्छ भन्नेतिर लाग्ने ? त्यसैमा विवाद छ।
५. नेकपा-माओवादीलगायतका केही पार्टीचार दलको सिण्डिकेट र सरकारको खारेजीका कुरा उठाइरहेका छन्। कोही मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। त्यो माग बढ्दै गएको छ। चार दलभित्रै पनि त्यो माग गर्ने धेरै छन्। तर अध्यक्ष रेग्मी त्यसरी राजीनामा गर्ने पक्षमा छैनन्।
६. चार दलका नेताहरू पनि धेरै कुरामा विभाजित छन्। ती चारमध्ये पनि एमाओवादी र मधेसवादी धेरै कुरामा नजिक छन् भने अर्कोतिर काङ्ग्रेस र एमाले पनि त्यस्तै नजिक देखिएका छन्। भट्टराई सरकारले गरेको नियुक्तिहरू र थ्रेस होल्ड सम्बन्धमा उनीहरू ठीक दुर्इ खेमामा विभाजित छन्। उनीहरूमा देखिएको त्यस्तो विवादले अन्यौल थपेको छ।
७. आफूले भनेजस्तो भएन कि चुनाव गर्न दिन्नांै र सरकार गिराउँछौं भन्ने नेताहरूको गैरजिम्मेवार अभिव्यक्ति चुनावी माहोल बनाउनमा बाधक भएको छ। एकीकृत माओवादी अध्यक्ष प्रचण्डले असारमा चुनाव नभए मङ्सिरमा पनि हुँदैन भनेका थिए। स्थिति गम्भीर छ। स्थिति गम्भीर भएअनुसार नेताहरू गम्भीर भएका छैनन्। चुनावी माहोल बनाउन नेताहरू गम्भीर हुनुपर्दछ। र खुल्ला हृदयले विचार विमर्श गरी निर्वाचन सम्पन्न गर्नेतिर लाग्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१