पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको कार्यसमिति गठन गरेको छ । भेलाले आगामी ३ वर्षका लागि २१ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको हो । अध्यक्षमा निर्वाचित पौड्याल पोखराको पार्दी माविका प्रअ हुन् ।
समिति उपाध्यक्षमा लेखबहादुर हमाल, महासचिव डिल्लीराम देवकोटा, सचिवमा प्रकाश शर्मा रेग्मी, सदस्यसचिव दुर्गाबहादुर राउत, कोषाध्यक्षमा डिल्लीराम बराल, सहकोषाध्यक्षमा विष्णुहरि तिवारी निर्विरोध निर्वाचित भए ।
जिल्ला प्रतिनिधिमा राजेश शर्मा (स्याङ्जा), शान्तबहादुर नेपाली र रमेशसिंह ठकुरी (म्याग्दी), हरि चालिसे (बागलुङ), प्रकाश रिजाल (पर्वत), खिमबहादुर गुरुङ (मुस्ताङ), ज्ञानेन्द्र न्यौपाने (तनहुँ), कमलजंग गुरुङ (मनाङ), अर्जुन कँडेल (कास्की), अग्नि भुषाल र शिवप्रसाद देवकोटा (नवलपुर), मेघनाथ लामिछाने (गोरखा), हरिकृष्ण कोइराला (लमजुङ) छन् । स्याङ्जाबाट १ सदस्य पछि थप हुने सचिव प्रकाश शर्मा रेग्मीले बताए ।
गण्डकी प्रदेशअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुको एकमात्र साझा र छाता संगठनको रुपमा प्रिन्सिपल एसोसियन नेपाल–पान हो । प्रदेशका ११ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पेशागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पान सबैखाले विद्यालयहरुको कार्यसम्पादन र प्रधानाध्यापकको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी संस्था रहेको जनाइएको छ ।
गत ८ चैतमा भेला उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले प्यान हेडसरहरुको साझा र एक बलियो संस्थाको रुपमा स्थापित होस् भन्ने कामना गरे । उनले देशको विकासको आधारशीला शिक्षा भएको र देश विकासको आधा हिस्सा हेडसरहरुको इच्छाशक्तिमा निर्भर भएको हुँदा उनीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ, कास्की प्रमुख लोकनाथ आचार्यले पानजस्तो गैरराजनीतिक, गैरनाफामूलक र विशुद्ध व्यावसायिक संस्थाको विकास हुने र आफू पनि पानसँग सहकार्य गर्न इच्छुक रहेको बताए । पानका केन्द्रीय उपाध्यक्ष टीकाराम पाण्डेले संस्थाको बारेमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रम सञ्चालन प्रकाश शर्मा रेग्मीले गरेका थिए ।
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई संगठित गरी आफूहरुबीच रहेको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी पेसागतरुपमा आइपर्ने समस्या र समाधानका लागि अनुभव र असल अभ्यासको आदान प्रदान गर्दै सामुदायिक शिक्षाको सवलीकरण, जवाफदेहिता, शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी समूह निर्माण, समन्वय र सञ्चार सीपको विकास गर्ने उद्देश्यका साथ स्थापित पान सातै प्रदेशभर क्रियाशील छ ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१