स्याङ्जा । सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा बौद्धिक अपांगता भएका व्यक्तिहरुका अभिभावकहरूका लागि २ दिने स्याहार तालिम दिइएको छ ।
तालिम समापन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगताका लागि बनेका कानुनको कार्यान्वयनका लागि संघीय र प्रादेशिक सरकारले आवश्यकताअनुरुप बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताए ।
सीमित स्रोत र साधनका बाबजुद पनि पुतलीबजार नगरपालिकाले अपांगता स्याहार गर्ने व्यक्तिलाई मासिक १ हजार रुपैंया र ग वर्गका अपांगता भएका ब्यक्तिको निशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराएको उनले जानकारी गराए ।
प्रमुख रेग्मीका अनुसार संघीय सरकारले क र ख वर्गका अपांगता भएका व्यक्तिका लागि मात्र निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेकोमा पुतलीबजार नगरपालिकाले भने ग वर्गका अपांगता भएका व्यक्तिको पनि निशुल्क स्वास्थ्य बिमाको सुबिधा उपलब्ध गराएको छ ।
आउने वर्षका लागि बजेट तयारी अवस्थामा रहेका जानकारी गराउँदै नगर प्रमुख रेग्मीले अपांगता भएका व्यक्तिका लागि आवश्यक तालिम तथा प्रशिक्षणका लागि सम्बन्धित ब्यक्तिसँग छलफल गरेर रकम विनियोजन गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति विज्ञ सदस्य युवराज पराजुली, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, सहभागी शालिकराम शर्मा, स्याङ्जा अपांग समाजका वरिष्ठ उपाधयक्ष नारायण भण्डारीलगायतले अपांगता मैत्री भोैतिक पूर्वाधारसहितका बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ कुलप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन कोषाध्यक्ष राम शर्मा पोखरेलले गरेका थिए ।
दुई दिनसम्म चलेको तालिममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति विज्ञ सदस्य युवराज पराजुलीले प्रशिक्षण दिएका थिए ।
तालिममा पुतलीबजार, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिकामा रहेका अपांगता भएका व्यक्तिहरूका अभिभावक सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१