पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो । सो यात्राको प्रतिनिधि सभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले शुभारम्भ गरे ।
घिमिरेले पर्यटन प्रवद्र्धनका लागि यस प्रकारका अभियान फलदायी हुने विश्वास व्यक्त गरे । बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यहाँको सडक सरसफाइ, हरियाली, लाइटिङलगायतबाट प्रभावित बनाउन पालिकाहरूले मिलेर एकीकृतरूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा सुरु भएको प्रतिष्ठान अध्यक्ष रचना पन्तले बताइन् ।
शुक्रबारको धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुनेछ । रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधिबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताइन् ।
शनिबार रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ ।
यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ । रुरु क्षेत्रमा परापूर्वकालदेखि रहेका धामलाई प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताइन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् । धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने आयोजकको दाबी छ । शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुनेछ ।
महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरूलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।
महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरी २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताइन् । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठी, सभा सम्मेलन हुनेछ । महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । आगामी चैतमा शालिग्राम महोत्सव–२०८१ समापन हुनेछ ।
Related News
सम्बन्धित समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१