भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालीकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमबीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ । दुई स्थानीय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारिक कार्यक्रम गरी भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।
कर्णालीको सबैभन्दा विकट मानिएको पचालभरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक मेयर दाहालको भनाइ छ । पचालभरना गाउँपालिका र भरतपुरबीच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्यव गरी अघि बढ्ने प्रमुख दाहालले बताइन् ।
कार्यक्रममा पचालझरना गाँउपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाउँपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए । अध्यक्ष शाहीले गाउँपालिकालाई आउने समानीकरण बजेट न्यून रहेकाले आवश्यकताअनुसार विकास गर्न सम्भव नरहेको उल्लेख गरे । भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाँउपालिकाले विकास र समृद्धिको बाटो थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
भरतपुर महानगरपालिका र पचालझरना गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचारप्रसार गरिने उल्लेख गरिएको छ ।
दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सिपको सिको गर्दै किसानलाई विभिन्न तालिम तथा भ्रमणलगायत कार्यक्रमहरू सञ्चालन गर्ने, उद्यमशीलतामा वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवद्र्धन र विकास गर्नेलगायत विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पचालझरना गाँउपालिकाका उपाध्यक्ष अल्किना बमलगायत दुवै पालिकाका कर्मचारीको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१