न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश   

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
chief justice

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ शुक्रबार नेपाल बार एसोसिएसनद्वारा आयोजित तीनदिने १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन–२०८१ को उद्घाटन समारोहमा शुमकामना मन्तव्य राख्दै तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताउनभएको छ ।

नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटनमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न छिटो र गुणस्तरीय न्याय भएको बताउनुभयो ।

“आम नागरिकको न्यायालयप्रति विश्वस्त हुन सक्ने वातावरण बनाउन जरुरी छ, आशङ्काहरुको निवारण गरी भरोसायोग्य न्याय हुनुपर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “सबैको पहुँचमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्यसम्पादन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । “अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति नै हो”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “आपसी सहकार्यलाई अझ सुदृढ बनाउन जरुरी छ ।”

उहाँले आगामी साउनदेखि लागू हुने गरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको र त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्बद्ध सबैमा आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले स्वतन्त्र न्यायापालिकाबिना कानुनी शासन सुदृढ नहुने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका अधिकार अहिले पनि निर्बाधरुपमा उपभोग गर्न नपाएको सुनाउनुभयो । बारले अहिले पनि न्यायपालिकाको सुधारका लागि आन्दोलन गरिरहेको र धेरै प्रश्नहरुको निरुपण र समीक्षा गर्नका लागि सम्मेलनको आयोजना गरेको उहाँको भनाइ थियो ।

न्यायापालिकाको पुनःसंरचना गर्नका लागि बारले नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । कानुन व्यवसायीको हकहितका लागि २०१३ सालमा नेपाल बार एसोसिएसनको स्थापना भएको थियो । विसं २०३४ देखि बारले सम्मेलन गर्न सुरु गरेको थियो ।

यही जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको उपस्थित छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।  रासस

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width