पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले जिल्ला सहकारी संघ लिमिटेड कास्कीलाई अक्षयकोष रकम हस्तान्तरण गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालालाई कोषबापतको १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
कास्कीमा क्रियाशील सहकारी संस्थाका अध्यक्षहरूमध्ये उत्कृष्ट काम गर्ने एक जना अग्रज सहकारीकर्मीलाई अक्षयकोषको ब्याजबाट वार्षिकरुपमा सम्मान एवं पुरस्कृत गर्ने गरी कोष स्थापना गरिएको पोखरा रोयलका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी पुरस्कार, क्षेत्रीय पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार तथा विभिन्न विधामा दर्जनौं स्रष्टा तथा सहकारी अभियन्तालाई पुरस्कृत गर्दै आएको छ ।
पोखरा रोयलका संस्थापक अध्यक्ष मे.तुलसीप्रसाद गुरुङको २०८० साउन ६ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । मे.तुलसीप्रसाद गुरुङले संस्थामा करिब २० वर्ष अध्यक्षको भई योगदान दिएको पोखरा रोयलका मुख्य प्रबन्धक मीलन ढकालले बताए ।
Related News
सम्बन्धित समाचार
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
अन्तरमावि छात्रछात्रा टि–२० क्रिकेट सुरु
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१