पोखरा । पोखरा रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । सो अवसरमा एमबिबिएस, बिई, बिएस्सी नर्सिङ, बिडिएस, वनविज्ञान, इन्जिनियरिङजस्ता राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यालयका भूतपूर्व विद्यार्थीलाई विद्यालयले सम्मानसमेत गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफैं स्रोत जुटाएर एसओएसले राज्यले गर्नुपर्ने दायित्व पूरा गरिरहेको बताइन् । ‘सुख–दुख, प्राप्ति–क्षति दुवैलाई समानान्तर ढंगले सामना गर्दै संघर्षपूर्ण जीवन जिउने विद्यार्थी नै जीवनमा सफल हुन्छ,’ कास्की क्षेत्र २ बाट निर्वाचित सांसद भट्टराई भनिन्, ‘एसओएसजस्तो प्रतिष्ठित विद्यालयबाट दीक्षित भई बिदा भएर जाने विद्यार्थी आफ्नो उज्ज्वल भविष्य निर्माणसँगै नेतृत्वदायी भूमिकासहित समाज रूपान्तरण अभियानमा पनि अग्रसर हुनुपर्दछ ।’
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले जीवनमा आर्थिक प्रगतिभन्दा पनि इमानदारी र नैतिकता महत्त्वपूर्ण भएकाले यसैभित्र विद्यार्थीले सफलता खोज्दै देशसेवा गर्न तत्पर हुनुपर्ने बताए ।
एसओएस गण्डकी परियोजना निर्देशक प्रदीपभक्त आचार्यले आत्मनिर्भर बन्ने प्रक्रियामा संघर्ष गरिरहेको विद्यालयले संघ, प्रदेश र स्थानीय सरकारबाट यथाशक्य सहयोगको अपेक्षा गरिरहेको बताउँदै बिदाइ भएर जाने विद्यार्थीले शिक्षा प्रदान गर्ने आफ्नी आमाजस्तो सम्मानित शिक्षालयलाई सदैव स्मरण गरिरहनुपर्ने बताए ।
प्राचार्य चूडामणि सुवेदीले जहाँ पुगे पनि विद्यार्थीले एसओएसको सद्भावना दूतका रूपमा रहेर कार्य गरिरहने विश्वास व्यक्त गरे ।
राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यालयका भूतपूर्व विद्यार्थीलाई समेत सम्मान
प्लस टु संयोजक खगेन्द्रराज बरालले विद्यालयले बर्सेनि प्राप्त गरिरहेको सफलताको चर्चा गर्दै बिदाइ भएर जाने विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्राचार्य सुवेदीले गरेका थिए । बिदाइ भएर जाने विद्यार्थीको सम्मानमा कक्षा ११ का विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
कक्षा १२ का विद्यार्थीलाई पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, प्राचार्य चूडामणि सुवेदी, सहप्राचार्यद्वय वीरसिंह बुढा र प्रभास पौडेलले संयुक्त रूपमा अबिर र खादा अर्पण गरी मायाको चिनोसमेत प्रदान गरे ।
सम्मानित विद्यार्थीको तर्फबाट गत वर्ष शिक्षा मन्त्रालयको सरकारी कोटाबाट चिकित्साशास्त्रतर्फ तेस्रो नम्बरमा नाम निकाल्न सफल विप्लव पौडेलले अग्रजको प्रेरणाले आफूलाई पनि सफलताको खुड्किलो चढ्ने हौसला प्रदान गरेको बताए ।
समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतको उपस्थिति थियो ।
समारोहमा कक्षा १२ तर्फबाट रिश्मा पाण्डे र सुशान्त गुरुङ तथा कक्षा ११ का तर्फबाट प्राश्ना पौडेलले बोलेका थिए । कक्षा ११ का विद्यार्थी रीया गौतम, प्रज्ञा शर्मा, कस्मिना पराजुली र अनुष्का आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१