पोखरा । प्रतिभा माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा उनीहरुलाई आगामी परीक्षाको सफलताको शुभकामनासहित बिदाइ गरियो ।
प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले कक्षा ११ का विद्यार्थीले अग्रज कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्नु आफैँमा गतिलो संस्कार भएको बताए । उनले कम्तीमा २ वर्षको यो अवधिले अगाीिम दिनमा अघि बढ्न थप ऊर्जा मिल्ने विश्वास लिए । आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गरेर भविश्य उज्ज्वल बनाउन पौडेलको सुझाव थियो ।
प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । उनले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए । अहिलेसम्म विद्यालयले उत्कृष्ट नतिजा पस्केको र आगामी दिनमा योभन्दा अझ राम्रो नतिजा दिनेमा आफू ढुक्क रहेको बताए । पछिल्लो वर्ष आफ्ना विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । सिंगो देशका लागि पदक भित्र्याउने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको सापकोटाले बताए । उनले जीवनमा जति नै सुकै ठूलो पदमा पुगे पनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए ।
पोखराको पालिखेचोकस्तिथ प्रतिभा माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१