पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन रुपा गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशन जयराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा प्रकाश सुवेदी, महिला उपाध्यक्षमा संगीता आचार्य र सचिवमा सुनिल सुवेदी निर्वाचित भए । यसै गरी कोषाध्यक्षमा केदार रेग्मी, सहसचिवमा तारा पौडेल, सह कोषाध्यक्षमा सुस्मा सिग्देल न्यौपाने निर्वाचित भएका छन् । अधिवेशनले कार्यसमिति सदस्यहरू र जिल्ला अधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षकलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्ने र शिक्षकले आफ्नो कर्तव्यपालनामा कठिवद्ध भएर लाग्नुपर्ने बताए । उनले अगाडि भने, “राज्यले शिक्षा र शिक्षकलाई केन्द्रमा राख्नुपर्यो, शिक्षकले विद्यार्थीलाई केन्द्रमा राखेर कर्तव्य पालना गर्न तयार छौँ । हामी डराएर होइन, जिम्मेवार बनेर राज्यसँग सहकार्य गर्न हात फैलाएका छौँ, यसलाई राज्यले कमजोरी नसोच्दा नै शिक्षाको विकास हुन्छ ।”
विशेष अतिथि पेसागत महासंघ नेपाल, कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले शिक्षकहरु अपडेट हुन नसक्दा आउटडेट हुनसक्ने अवस्था समेत आउन सक्ने भएकाले शिक्षकहरु हरेक पल सिक्न पनि जागरुक हुनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकीका सदस्य उमनाथ गौतम, कास्कीका उपाध्यक्ष बसन्धरा पौडेल, हर्कबहादुर लामिछाने, सचिव तीर्थराज ढकाल, सचिवालय सदस्य दामोदर तिमिल्सिना, नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष निलकण्ठ रेग्मीसमेतले भनाइ राखेका थिए ।
सोही कार्यक्रममा गतवर्ष शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिई रुपा गाउँपालिकामा पदस्थापन भएका शिक्षकहरु, पालिका भित्रका नवनियुक्त प्रधानाध्यापकहरु एवम् लामो समय शिक्षा सेवा गर्दै भर्खरै सेवा निवृत्त शिक्षकहरु साथै संगठनका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलसहित कोषाध्यक्ष बोधराज पौडेल र सदस्य उमनाथ गौतमलाई सम्मान गरिएको थियो ।
परिषद् भेलाले अध्यक्षको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका सचिव जयराम सुवेदीको सञ्चालन र अध्यक्ष चुमान सिंह गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१