पोखरा । बाहिर जान लागेका छोराहरुलाई रोकेर नेपालमै कृषिमा रमाउन सुझाएको केही वर्षमा दिक्क छिन्, माछापुच्छ्रे ६ की अनिता गौतम । अहिले उनले कृषिउपजले बजार नपाउने समस्या भोगिरहेकी छिन् । ‘मैले गरिरहेको कृषिमै गरे हुन्छ भनी छोराहरुलाई विदेश जान नदिइ राखें । कुखुरा फर्म खोलें माछा पाल्न पोखरी बनाइयो, तरकारीका लागि ४ टनेल बनाइयो,’ उनले भनिन्, ‘अहिले आएर उनीहरु (छोराहरु) तपाई कृषि गर्ने भनेर नेपाल बस्न बाध्य भयौं भनी कराउँछन् । कुखुरा फार्ममा कुखुरा छैन्न । माछा बिक्दैन् । तरकारीको भाउ छैन । कसरी धान्ने ?’
माछापुच्छ्रे गाउँपालिका ४, लाहाचोककी रमा अधिकारी कृषिप्रधान देशमा महिलाहरुले कृषिकर्म गर्दा धेरै समस्या भोगिरहेको सुनाइन् । आधुनिक कृषिका नाममा सरकारले दिने अनुदानमा गाउँमा काम गर्ने वास्तविक किसानको पहुँच नपुग्ने उनको गुनासो थियो । ‘कृषिको नाममा पालिका, प्रदेश अनि माथिल्लो सरकारबाट अनुदान मिल्छ त भन्छन् । तर, त्यो वास्तविक कृषकले पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘वास्तविक किसानले कागजात पु¥याउन नसक्ने अनि घरको कामले गर्दा समय दिन नसक्दा वञ्चित हुने गरेका छन् ।’
११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले लाहाचोकमा आयोजना गरेको ‘महिला संवाद’ कार्यक्रमका वक्ताले कृषिका नाममा महिलाहरु परिबन्दमा परेको गुनासो गरेका हुन् । गाउँका केही बाहेक धेरै महिलाहरुलाई सजिलो भनेकै खेतीकिसानी भए पनि विभिन्न समस्याले परिबन्दमा पर्ने गरेको बताए ।
कृषि बाहेक होमस्टेले पनि पालिकाका महिलाको जीवनस्तर उकासिएको ल्वाङ सामुदायिक होमस्टे संस्थापक अध्यक्ष डम्मरकुमारीले गुरुङले बताइन् । ‘२०६९ सालमा हाम्रो गाउँमा होमस्टे खुलेको हो । महिलाहरु धेरैथोरै कमाउन सक्ने भएका छन्,’ उनले भनिन्, ‘यसले आत्मनिर्भर हुन सहयोग गरेको छ ।’
लाहाचोक साना किसान कृषि सहरकारी अध्यक्ष कमला पौडेलले सहकारी माध्यमबाट लाहाचोक र आसपासका कृषकलाई कृषिमा अनुदानदेखि तालिम अनि सहुलियत ब्याजमा ऋणको सहयोग गरेको बताइन् । यस्तै कार्यपालिका सदस्य राजु सार्कीको महिला, दलित अनि पिछडिएका वर्गका लागि सरकारले अझै धेरै कार्यक्रम ल्याउनुपर्नेमा जोड थियो ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले महिलाहरुका लागि पालिकाले धेरै कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे । सिलाइबुनाइसँगै गलबन्दी बनाउने तालिम, होजियारी मेसिन, साबुन बनाउने तालिम, तान्न बुन्ने तालिम दिइरहेको उनले बताए । महिलाको विषयमा आफूहरु संवेदनशील रहेको उनले सुनाए ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले समस्या र चुनौतीबीच पालिका महिलाको पक्षमा रहेको सुनाइन् । ‘सुत्केरी भएका दिदीबहिनीका लागि कार्यपालिकाको पहिलो बैठकले बालिका बैंकको सुरुवात गरेका छौं,’ उनले भने, ‘हामीले सुत्केरी चुल्होको पनि अवधारणा अघि सारेका छौं ।’ यस अलावा महिलाको हितमा धेरै कार्यक्रम रहेको उनको दाबी थियो ।
नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा ‘वर्षा’ले सहजकर्ता रहेको ‘महिला संवाद’ कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले गरेकी थिइन् । सो कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, नेपाल प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी र पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी कुशुवकेशव पराजुलीले महिला अधिकार, महिला सशक्तीकरण, महिला आत्मनिर्भर र समानता जस्ता सवाल अन्तर्राष्ट्रिय महिला दिवसमा सशक्त रुपमा उठान हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१