पोखरा । एक हातले ह्विलचियरको चक्का घुमाउँछन्, अर्को हातले बास्केटबल फाल्दै अघि बढाउँछन् । छक्काउँदै बास्केटमा बल छिराउँछन् । अनि खुसीयाली छाउँछ टिममा । पोखरा रंगशाला र अनि रामघाटस्थित पुन समाज घरको बास्केटबलको कोर्टमा आइतबार दिनभर यो दृश्य चलिरह्यो । सोमबार पनि यो दृष्यले निरन्तरता पाउनेछ ।
पोखरामा यतिबेला सातै प्रदेश र विभागीय टिमको अपांगता भएका खेलाडीको जमघट छ । उनीहरू इच्छा अनि आत्मबलको अगाडि अपांगताले छेक्दैन भन्ने प्रमाणित गर्न चाहन्छन् । सोहीअनुरुप खेल प्रस्तुत गरिरहेका छन् । विकास सिल्ड आयोजक समितिले अपांगता भएका व्यक्तिहरू अन्य व्यक्तिहरू सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउने यो अवसर जुराएको हो ।
विकास सिल्ड आयोजक समितिको आयोजनामा २ दिनसम्म पोखरामा हुने विकास सिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिपको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले शारीरिक रुपमा अपांगता भएका व्यक्तिले पनि आत्मबल र आत्मविश्वासले सफलता हासिल गर्न सक्ने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले सुन्दर ढोका साथी सेवाबाट प्रेरणा लिन सकिने बताए । नेपालका युवा केही गर्न सकिँदैन भनेर निरुत्साहित भएर हिँडिरहेको अवस्थामा ह्विलचियर बास्केटबल प्रतियोगितामा सहभागी खेलाडीबाट सिक्नुपर्ने बताए । ‘मनमा साहस र सकारात्मक सोच छ भने जे पनि गर्न सकिँदो रैछ भन्ने यो टुर्नामेन्टले पनि हामीलाई सिकाउँछ’, उनले भने ।
कार्यक्रममा सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले अपांगता खेलकुद र खेलाडीलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ संस्थाको विकास भएको बताइन् ।
‘हाम्रा खेलाडीहरू मेनस्ट्रिमका खेलाडीभन्दा कम हुनुहुन्न । तर, सधैं ओझेलमा पर्नुहुन्छ,’ उनले भनिन्, ‘मानिसहरूको छायाँमा पर्नुभएको कारणले सधैं पछाडि परिरहेको सबैलाई अवगत छ । अब विकास सल्डले छायाँमा परेका खेलाडीलाई अगाडि ल्याउँछ ।’
गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए ।
आजदेखि सुरु भएको राष्ट्रिय विकास सिल्ड ह्विलचियर प्रतियोगितामा २ विभागीयसहित १५ टोली सहभागी छन् ।
प्रतियोगिताम ६ वटा महिला टिम र ९ वटा पुरुष सहभागी छन् । प्रतियोगिता रंगशालास्थित बास्केटबल कोर्ट र रामघाट पुन समाजको कोर्टमा भइरहेको छ । खेल सोमबार सकिनेछ ।
Related News
सम्बन्धित समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१