खिलाङका महिलालाई उद्घोषण तालिम

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
khilang pic (6)

पोखरा । मादी १, खिलाङका महिलालाई नेतृत्व विकास तालिम दिइएको छ । वडा १ कार्यालय आयोजनामा ३ दिनसम्म आयोजित तालिम शुक्रबार सम्पन्न भयो ।

वडाध्यक्ष देवीजंग गुरुङले ग्रामीण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको उल्लेख गर्दै नेतृत्वदायी भूमिकामा सक्षम बनाउन प्रयासस्वरुप तालिम आयोजना गरिएको बताए । उनले वडावासीले आफूलाई जिताएर पठाएकोले वडाभित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको बताए ।

खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने महिलाहरुको समस्यालाई सम्बोधन गरी तालिम आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । आगामी दिनमा सीपमूलक तालिम प्रदान गर्न आग्रह गरिन् ।

६९ वर्षीया प्रशिक्षार्थी चिजकुमारी गुरुङले सुरुको दिनमा जीवनमै पहिलो पटक अगाडि आएर माइक समाएको बताइन् ।

उनीहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएका हुन् । तालिममा ५० जनाले भाग लिएका थिए । समूहका सचिव डिलमाया गुरुङले सञ्चालन गरेको समापन कार्यक्रममा वडा सदस्य प्रेमबहादुर गुरुङ, माया भुजेल लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…

hero news full width